• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      २ घण्टा अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      १४ घण्टा अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      १४ घण्टा अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १६ घण्टा अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १६ घण्टा अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १६ घण्टा अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १६ घण्टा अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १६ घण्टा अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १७ घण्टा अघि

      मन भित्रको जिन्दगी

      १७ घण्टा अघि

      मिलिजुली महिला उद्यम समुहद्वारा स्टेसनरी उपहार

      १७ घण्टा अघि

      जनता समाजवादी पार्टी शीर्ष नेतासँग प्रचण्ड नेपालको भेटवार्ता

      २२ घण्टा अघि

      नेकपा ओली समूहकाे स्थायी कमिटी बैठक स्थगित

      २२ घण्टा अघि

      शिक्षकलाई तलब नदिएकाे भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

      २२ घण्टा अघि

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / पर्यटन

    पर्यटन मन्त्रालयकाे एक वर्ष, के कति छ त प्रगति विवरण हेर्नुहाेस

  • बुटवल दैनिक
  • २०७७ भाद्र १०, बुधबार (६ महिना अघि)
  • १९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ ।

    “कोभिड–१९ महामारीका कारण पुस÷माघ महिनादेखि असार÷साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पूँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ”, मन्त्री भट्टराईले भने।

    मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ सङ्घीय संसद्मा पेश भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको छ ।

    मन्त्रालयको आव २०७५÷०७६ मा कूल बजेट रु ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो । आव २०७६÷०७७ मा रु २१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ । आव २०७५÷०७६ मा ८१ प्रतिशत रहेको औसत खर्च २०७६÷०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुत्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो । यसका साथै कोभिड–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय गौरवका आयोजनाको उल्लेख्य प्रगति

    मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पार्यो । त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना कार्यक्रम कार्यान्वयनमा देखियो । तथापि महामारीकै बीच मन्त्रालय मातहतका राष्ट्रिय गौरवको आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको छ ।

    यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काम महामारीका बीच निरन्तर भए । भैरहवा विमानस्थल सन्निकट सञ्चालनको तयारीमा छ । पर्यटनमन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ । अबको तीन देखि छ महिनाभित्र विमानस्थल व्यावसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा विलम्ब भएको जनाइएको छ ।

    भूकम्पछिको पुनःनिर्माणमा तीव्रता

    भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति भएको छ । हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको छ । सुन्धारास्थित निर्माणाधीन २२ तले धरहराको काम तीव्र गतिमा भइरहेको छ । हालसम्म ११ तला बनिसकेको छ । रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटनमन्त्री भट्टराईले जानकारी दिए । पुरातात्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ । ग्रेट हिमालयन ट्रेलको ७७ किलोमिटर निर्माण सकिएको छ । एक सय २७ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

    मन्त्रालयद्वारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तव्यमध्ये १२२ को सतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको छ । बहुप्रतीक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको छ ।

    निगमको सम्पत्ति ५४ अर्ब १७ करोड

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कूल सम्पत्ति रु ५४ अर्ब १७ करोड रहेको छ । त्यस्तै रु ४५ अर्ब ९४ करोड ऋण रहेको छ । निगमको खुद सम्पत्ति रु आठ अर्ब २३ करोड रहेको छ । यस बीचमा निगमले महत्वपूर्ण गन्तव्य जापानको नारितामा सिधा उडान शुरु गरेको छ । कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ ।

    निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री भट्टराईले बताए । आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको उनले जानकारी दिए ।

    • #पर्यटन मन्त्रालय

    प्रतिक्रिया दिनुहोस


    पर्यटन सम्बन्धि थप

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

    बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

    समाचार

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बुटवल दैनिक बिशेष

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२१ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६५ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑