फर्साटिकर रुपन्देही
भाद्र ९
रुपन्देहीको शुद्धोधन गाउंपालिका वडा न .४ अन्तर्गत साझाटोलको काभ्राको रुखको पलटिङ्गको कालो पत्रेको काम सम्पन्न भएको छ।
शुद्धोधन गाउँपालिका वडा न.४ कार्यालयबाट बिनियोजित ३५ लाख पचास हजार र जनश्रमदानबाट संकलित १० लाख ५९ हजार पाच सय ६५ गरि कुल ४६ लाख ९ हजार ५ सय ६५ लागत बराबरको ८०० मीटर बाटो कालो पत्रेको काम सकिएको गाउपालिका प्रवक्ता एंव वडा न.४ अध्यक्ष राजेन्द्र कडेलले जानकारी दिनुयो।
कोरोना कहर र महिलाहरुको महान चार्ड तीजको प्रवाह नगरी काम गर्ने साझा टोल विकास समितीको अध्यक्ष सुनिता थापा,सचिव शंकर घिमिरे , कोषाध्यक्ष कला बिष्ट र गा.पा. इन्जिनियर राजन गौतम लगाएत सम्पुर्ण कार्य समिती,सल्लाकार समिती,अनुगमन समिती,काम गर्ने ठेकेदार सम्पुर्णलाई एकमुष्टमा काम सम्पन्न गरेकोमा प्रवक्ता कडेलले धन्यवाद दिनुभएको छ।