• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ५, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

      ३ घण्टा अघि

      बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

      ३ घण्टा अघि

      नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

      ३ घण्टा अघि

      रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

      ६ घण्टा अघि

      लोडसेडिङको तालिका सार्वजनिक

      ६ घण्टा अघि

      नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

      ६ घण्टा अघि

      प्रधानमन्त्रीलाई हातखुट्टा बाधेर दाैडन लगाइयाे अनेरास्ववियु केन्द्रीय सदस्य एवम प्रखरबक्ता अार्चाय

      ७ घण्टा अघि

      सुत्केरी बोकेको एम्बुलेन्स अटो रिक्सामा ठोक्कियो, २ जनाको मृत्यु

      ८ घण्टा अघि

      एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

      ९ घण्टा अघि

      पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

      १० घण्टा अघि

      परराष्ट्रमन्त्री ज्ञवालीको त्यो तस्वीर, जसले हरेक नेपालीको शिर निहुरिन्छ

      १३ घण्टा अघि

      अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

      १४ घण्टा अघि

      रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

      १४ घण्टा अघि

      घरेलुु तथा साना उद्योग महासंघको शुद्धोधनमा कार्यसमिति गठन, अध्यक्षमा खनाल र डुम्रे चयन

      १ दिन अघि

      एउटा भुसिया कुकुरको मनभरीको पीडा र सङ्घर्ष : रचना

      १ दिन अघि
    in
    आज: २०७७ माघ ५, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    शरिर अपाङ्ग भएकाे हाे, मेराे कदम चाल्ने हाैसला हाेइन !

  • बुटवल दैनिक
  • २०७७ भाद्र ८, सोमबार (४ महिना अघि)
  • १९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    इलाम, भदाै ८ : देउमाई नगरपालिका–२ स्थित मङ्गलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । सुमलालाई उपचारका लागि नेपाला मात्र नभई भारतका अस्पतालसम्म पुर्याइयो तर व्यथा ‘बीसको उन्नाइस’ भएन । त्यतिमा मात्र उनको पीडा रोकिएन । सुमलाले सानैमा बुबासमेत गुमाउनु पर्यो । यस्ता अनेकौँ समस्याबीच सुमला अहिले १६ वर्ष पुगिन् । उनी शारीरिकरूपमा अस्वस्थ भएपनि पढाइमा अब्बल छिन् अनि प्रतिभाशाली छिन् ।

    अध्ययनकै लागि सुमलालाई ललितपुरको जेनेम माध्यमिक विद्यालय भर्ना गरिएको छ । पढाइका अतिरिक्त सुमलाको सोख चित्रकला हो । शिक्षक शिक्षिकाबाट राम्रो सल्लाह पाउँदै गरेकी सुमलाले चित्रकलामै भविष्य देखेकी छिन् । “मेरो चित्र हेर्नकै लागि धेरै जना आउनुहुन्छ, उहाँहरुले राम्रो छ पनि भन्नुहुन्छ”, उनले सुनाइन् । चित्र बनाउन धेरै मेहनत गर्नु परे पनि रहर भएकाले भविष्यमा यसै क्षेत्रमा लाग्ने सुमलाको विचार छ । “धरै जना त किन्न पनि आउनुहुन्छ तर अहिलेसम्म बेचेकी भने छैन”, खुशी हुँदै उनले सुनाइन् ।

    माई नगरपालिका–९ स्थित चिसापानीका अरुण गौतम जन्मजात अपाङ्गता भएका बालक हुन् । एघार वर्षीय अरुण पनि चित्रकलाका सौखिन हुन् । उनलाई पनि चित्र बनाएर बच्ने र पैसा कमाउने इच्छा छ । “सानै छ तर पनि चित्र राम्रै बनाउँछ”, अरुणका बुबा लक्ष्मणले भने, “यही कला देखेर एक जनाले पढाउन काठमाडौँ लान्छु पनि भन्नुभयो तर अलि अशक्त भएकाले दिइन ।” लक्ष्मणलाई छोरा अशक्त भए पनि चित्र कोरेरै जीवन धान्छ भन्ने लागेको छ । अवसर मिले चित्रकलाको राम्रै विद्यालयमा पढाउने समेत योजना छ बुबा लक्ष्मणको ।

    एक पट्टिको हात र खुट्टा अशक्त भएकाले विद्यालय जान अरुणलाई केही समस्या छ । तर दुःखले हिड्न भने समस्या छैन । “पहिले त भविष्यमा दुःख पाउँछ होला जस्तो लाग्थ्यो तर चित्र बनाएरै खान्छ जस्तो लाग्न थालेको छ अहिले, त्यसैले अब ढुक्क छु”, लक्ष्मण भन्छन्, “चित्रकलाका धेरै प्रतियोगितामा भिड्न जान्छ, स्कुलमा पनि भाग लिने गरेको छ ।”

    त्यस्तै इलाम नगरपालिका–७ बस्ने आलोक खतिवडा र भुपाल खतिवडाको पनि कम्मरमुनिको भाग चल्दैन । यी दुवै दाजुभाइलाई हिड्नका लागि साहारा नभइ हुँदैन । शारीरिक रूपमा अशक्त भएपनि आलोक र भुपालको सोच भने निकै दरिलो छ । दुवै भाई पढाइमा अब्बल छन् त्यसैले उनीहरु दुवैको भविष्यमा ठूलो मान्छे बन्ने सोच छ । अहिले भुपाल स्नातक अध्ययन गर्दै छन् भने भाइ आलोक १२ कक्षामा । “हिड्न त कि मान्छेको कि ह्वील चियरको सहारा चाहिन्छ तर बसेर गर्ने काम गर्न गाह्रो छैन”, भुपाल भन्छन्, “पढाइमा त कहिल्यै फेल भइन, अहिले पनि राम्रै छ जस्तो लाग्छ ।” भुपाल मात्र होइन ओलोक पनि कक्षामा उत्कृष्ट विद्यार्थीमा पर्छन् । “अरू केही गरिन्छ भन्ने त लाग्दैन, पढेर चाहिँ राम्रै मान्छे बन्ने सोच छ”, आलोक भन्छन्, “सबैले राम्रो छ पढाइ भन्नुहुन्छ ।”

    सुमला, अरुण, आलोक र भुपाल त उदाहरण मात्रै हुन् । अपाङ्गता भए पनि फरक क्षमताका कारण अब्बल ठहरिएका यसता प्रतिभाहरु जिल्लामा धेरै छन् । अपाङ्गता भएका बालबच्चालाई हेला नगरी उनीहरूको क्षमता चिन्न सक्दा अब्बल दर्जाको नागरिक बन्नसक्ने अपाङ्गता एकता समाजका इलामका सचिव प्रकाश चापागाईं बताउँछन् । “समाजमा अझै पनि अपाङ्गता भएका बालबालिकालाई हेर्ने दृष्टि नकारात्मक छ, यो सोचमा परिवर्तन आवश्यक छ, किनभनने अवसर दिए गरेर देखाउन उनीहरु सबै मानिसजस्तै सफल हुनेछन् ”चापागाईंले बताए ।

    पुनःस्थापित हुँदै अपाङ्गता भएका व्यक्ति

    पछिल्लो समय सरकार र सङ्घसंस्थाले अपाङ्गमैत्री काम गरेका कारण अपाङ्गता रहेका व्यक्तिलाई जीवन जिउन सहज हुँदै आएको छ । उनीहरूलाई आवश्यक सामग्री र भत्ता दिन थालेपछि परिवारमा रहन सहज भएको अपाङ्गतासम्बन्धी काम गर्दैै रहेको संस्था करुणा फाउण्डेसनका छवि श्रेष्ठ बताउँछिन् ।

    करुणाले स्थानीय तहसँगको समन्वयमा विद्यालय जान वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउने र साक्षर बनाउने गरिरहेकोले समुदायमा पुनस्र्थापित हुन सहज भएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय विद्यालयमा अध्ययन गराउने, शारीरिक अपाङ्गता भएका (हात–खुट्टा गुमाएका) लाई कृत्रिम अङ्ग प्रदान गर्ने काम भएकाले पनि धेरैले पुनर्जीवन पाएका छन् । सरकारले अपाङ्गता भएकालाई पनि वर्गीकरण गरेर आवश्यक भत्तासमेत उपलब्ध गराउन थालेपछि अपाङ्गता भएकालाई जीवन चलाउन राहत पुग्न थालेको छ ।

    के गर्दै छन् सङ्घसंस्था ?

    स्थानीय तहको समन्वयमा करुणा फाउण्डेसनले अपाङ्गता मैत्री काम गर्दै आएको छ । यसैवर्ष मात्र करुणाले आठ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्वील चेयरदेखि कृत्रिम हातखुट्टा, श्रवण यन्त्रलगायतका सामग्री प्रदान गरिएको छ ।

    करुणले अपाङ्गता भएकाहरुलाई कष्टकर हुने खालको आवासीय संरचना समेत सुधार गरिदिएको छ । करिब ८७ जना अपाङ्गता भएकाको आवासीय संरचना सुधार गरिएको छ । रु १० हजार सम्मको लगानीमा घर, सौचालय र बाटोको संरचना सुधार गरिएको करुणा फाउन्डेसनका छवि श्रेष्ठले बताए । अपाङ्गताका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई साक्षर बनाउने उद्देश्यले घरैमा अनौपचारिक शिक्षाको व्यवस्था पनि गरिएको सो संस्थाले जनाएको छ ।

    समाजकै डरले लुकाउँछन् पीडा

    अपाङ्गता भएका व्यक्ति अझै पनि समाजमा खुल्न नसक्दा अपाङ्गतासम्बन्धी जानकारी लिन सकस पर्ने गरेको छ । समाजकै डरले अपाङ्गता भएका व्यक्तिले पीडा लुकाउनाले परिचय पत्र समेत नलिने गरेका छन् । समाजमा अपाङ्गता हुनु पूर्वजन्मको पाप भन्ने तथा समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचय पत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भए पनि नखुलेको करुणाका छवि श्रेष्ठको भनाइ छ ।

    “कतिपयले नागरिकता नै बनाएका हुदैनन् । नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफू समेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्” श्रेष्ठले भने, “त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचय पत्र दिलाउदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठिक भन्ने ठान्छन् ।” उनका अनुसार करुणा फाउन्डेसन र स्थानीय सरकारलेसमेत पहल गर्दासमेत कतिपयले परिचय पत्र नबनाउने गरेको पाइएको छ ।
    यता अपाङ्गता समाज इलामका सचिव प्रकाश चापागाईं भने त्यस्ता व्यक्तिलाई समाजबाट बाहिर ल्याउन नै नसकिने बताउँछन् । उनीहरूलाई बाहिर ल्याउँदा पनि परिवारले अपहेलना गर्ने हुँदा ल्याउन नसकिएको चापागाई बताउँछन् ।

    इलामको तथ्याङ्क

    जिल्लामा हाल चार हजार तीन जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये दुई हजार चार सय ९९ जना पुरुष र एक हजार ८०१ जना महिला छन् । करुणा फाउण्डेसनका अनुसार अपाङ्गता भएका व्यक्तिले पाउने चार प्रकारका कार्डमध्ये पूर्ण अशक्तले पाउने रातो कार्ड लिने ५११ जना, अति अशक्तले पाउने निलो कार्ड लिने एक हजार ५४० जना, मध्य अशक्तले पाउने पहेलो कार्ड भएका एक हजार १४३ जना र सामान्य अपाङ्गता भएकाले पाउने सेतो कार्ड लिने ८०५ जना रहेका छन् । बाँकी ३०१ जनाले भने कुनै पनि प्रकारको कार्ड नलिएको करुणा फाउण्डेसनले जनाएको छ ।

    • #सुमला साङपाङ राई

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    लोडसेडिङको तालिका सार्वजनिक

    नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमित भेटिए

    प्रधानमन्त्रीलाई हातखुट्टा बाधेर दाैडन लगाइयाे अनेरास्ववियु केन्द्रीय सदस्य एवम प्रखरबक्ता अार्चाय

    समाचार

    फर्साटिकरमा टिप्परले साइकललाई ठक्कर दिदा १ जना घाइते

    बागलुङको बरेङमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

    बुटवल दैनिक बिशेष

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको साधारण सभा कार्यसमितिको पदावधी १ वर्ष थपियो

    अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

    रुपन्देहीमा ५ बर्षेे बालिका बलात्कृत,२८ बर्षेे युवकले गरे बलात्कार

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९३ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५२५ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८२ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३७४ पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३५४ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९७ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑