• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  मुख्य समाचार

    शरिर अपाङ्ग भएकाे हाे, मेराे कदम चाल्ने हाैसला हाेइन !

  • बुटवल दैनिक
  • २०७७ भाद्र ८, सोमबार (६ साल अघि)
  • १४११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    इलाम, भदाै ८ : देउमाई नगरपालिका–२ स्थित मङ्गलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । सुमलालाई उपचारका लागि नेपाला मात्र नभई भारतका अस्पतालसम्म पुर्याइयो तर व्यथा ‘बीसको उन्नाइस’ भएन । त्यतिमा मात्र उनको पीडा रोकिएन । सुमलाले सानैमा बुबासमेत गुमाउनु पर्यो । यस्ता अनेकौँ समस्याबीच सुमला अहिले १६ वर्ष पुगिन् । उनी शारीरिकरूपमा अस्वस्थ भएपनि पढाइमा अब्बल छिन् अनि प्रतिभाशाली छिन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    अध्ययनकै लागि सुमलालाई ललितपुरको जेनेम माध्यमिक विद्यालय भर्ना गरिएको छ । पढाइका अतिरिक्त सुमलाको सोख चित्रकला हो । शिक्षक शिक्षिकाबाट राम्रो सल्लाह पाउँदै गरेकी सुमलाले चित्रकलामै भविष्य देखेकी छिन् । “मेरो चित्र हेर्नकै लागि धेरै जना आउनुहुन्छ, उहाँहरुले राम्रो छ पनि भन्नुहुन्छ”, उनले सुनाइन् । चित्र बनाउन धेरै मेहनत गर्नु परे पनि रहर भएकाले भविष्यमा यसै क्षेत्रमा लाग्ने सुमलाको विचार छ । “धरै जना त किन्न पनि आउनुहुन्छ तर अहिलेसम्म बेचेकी भने छैन”, खुशी हुँदै उनले सुनाइन् ।

    माई नगरपालिका–९ स्थित चिसापानीका अरुण गौतम जन्मजात अपाङ्गता भएका बालक हुन् । एघार वर्षीय अरुण पनि चित्रकलाका सौखिन हुन् । उनलाई पनि चित्र बनाएर बच्ने र पैसा कमाउने इच्छा छ । “सानै छ तर पनि चित्र राम्रै बनाउँछ”, अरुणका बुबा लक्ष्मणले भने, “यही कला देखेर एक जनाले पढाउन काठमाडौँ लान्छु पनि भन्नुभयो तर अलि अशक्त भएकाले दिइन ।” लक्ष्मणलाई छोरा अशक्त भए पनि चित्र कोरेरै जीवन धान्छ भन्ने लागेको छ । अवसर मिले चित्रकलाको राम्रै विद्यालयमा पढाउने समेत योजना छ बुबा लक्ष्मणको ।

    एक पट्टिको हात र खुट्टा अशक्त भएकाले विद्यालय जान अरुणलाई केही समस्या छ । तर दुःखले हिड्न भने समस्या छैन । “पहिले त भविष्यमा दुःख पाउँछ होला जस्तो लाग्थ्यो तर चित्र बनाएरै खान्छ जस्तो लाग्न थालेको छ अहिले, त्यसैले अब ढुक्क छु”, लक्ष्मण भन्छन्, “चित्रकलाका धेरै प्रतियोगितामा भिड्न जान्छ, स्कुलमा पनि भाग लिने गरेको छ ।”

    त्यस्तै इलाम नगरपालिका–७ बस्ने आलोक खतिवडा र भुपाल खतिवडाको पनि कम्मरमुनिको भाग चल्दैन । यी दुवै दाजुभाइलाई हिड्नका लागि साहारा नभइ हुँदैन । शारीरिक रूपमा अशक्त भएपनि आलोक र भुपालको सोच भने निकै दरिलो छ । दुवै भाई पढाइमा अब्बल छन् त्यसैले उनीहरु दुवैको भविष्यमा ठूलो मान्छे बन्ने सोच छ । अहिले भुपाल स्नातक अध्ययन गर्दै छन् भने भाइ आलोक १२ कक्षामा । “हिड्न त कि मान्छेको कि ह्वील चियरको सहारा चाहिन्छ तर बसेर गर्ने काम गर्न गाह्रो छैन”, भुपाल भन्छन्, “पढाइमा त कहिल्यै फेल भइन, अहिले पनि राम्रै छ जस्तो लाग्छ ।” भुपाल मात्र होइन ओलोक पनि कक्षामा उत्कृष्ट विद्यार्थीमा पर्छन् । “अरू केही गरिन्छ भन्ने त लाग्दैन, पढेर चाहिँ राम्रै मान्छे बन्ने सोच छ”, आलोक भन्छन्, “सबैले राम्रो छ पढाइ भन्नुहुन्छ ।”

    सुमला, अरुण, आलोक र भुपाल त उदाहरण मात्रै हुन् । अपाङ्गता भए पनि फरक क्षमताका कारण अब्बल ठहरिएका यसता प्रतिभाहरु जिल्लामा धेरै छन् । अपाङ्गता भएका बालबच्चालाई हेला नगरी उनीहरूको क्षमता चिन्न सक्दा अब्बल दर्जाको नागरिक बन्नसक्ने अपाङ्गता एकता समाजका इलामका सचिव प्रकाश चापागाईं बताउँछन् । “समाजमा अझै पनि अपाङ्गता भएका बालबालिकालाई हेर्ने दृष्टि नकारात्मक छ, यो सोचमा परिवर्तन आवश्यक छ, किनभनने अवसर दिए गरेर देखाउन उनीहरु सबै मानिसजस्तै सफल हुनेछन् ”चापागाईंले बताए ।

    पुनःस्थापित हुँदै अपाङ्गता भएका व्यक्ति

    पछिल्लो समय सरकार र सङ्घसंस्थाले अपाङ्गमैत्री काम गरेका कारण अपाङ्गता रहेका व्यक्तिलाई जीवन जिउन सहज हुँदै आएको छ । उनीहरूलाई आवश्यक सामग्री र भत्ता दिन थालेपछि परिवारमा रहन सहज भएको अपाङ्गतासम्बन्धी काम गर्दैै रहेको संस्था करुणा फाउण्डेसनका छवि श्रेष्ठ बताउँछिन् ।

    करुणाले स्थानीय तहसँगको समन्वयमा विद्यालय जान वञ्चित भएका बालबालिकालाई विद्यालय पठाउने र साक्षर बनाउने गरिरहेकोले समुदायमा पुनस्र्थापित हुन सहज भएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय विद्यालयमा अध्ययन गराउने, शारीरिक अपाङ्गता भएका (हात–खुट्टा गुमाएका) लाई कृत्रिम अङ्ग प्रदान गर्ने काम भएकाले पनि धेरैले पुनर्जीवन पाएका छन् । सरकारले अपाङ्गता भएकालाई पनि वर्गीकरण गरेर आवश्यक भत्तासमेत उपलब्ध गराउन थालेपछि अपाङ्गता भएकालाई जीवन चलाउन राहत पुग्न थालेको छ ।

    के गर्दै छन् सङ्घसंस्था ?

    स्थानीय तहको समन्वयमा करुणा फाउण्डेसनले अपाङ्गता मैत्री काम गर्दै आएको छ । यसैवर्ष मात्र करुणाले आठ सय ५५ जनालाई सहायक सामग्री प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई ६० हजार रुपैयाँ पर्ने ह्वील चेयरदेखि कृत्रिम हातखुट्टा, श्रवण यन्त्रलगायतका सामग्री प्रदान गरिएको छ ।

    करुणले अपाङ्गता भएकाहरुलाई कष्टकर हुने खालको आवासीय संरचना समेत सुधार गरिदिएको छ । करिब ८७ जना अपाङ्गता भएकाको आवासीय संरचना सुधार गरिएको छ । रु १० हजार सम्मको लगानीमा घर, सौचालय र बाटोको संरचना सुधार गरिएको करुणा फाउन्डेसनका छवि श्रेष्ठले बताए । अपाङ्गताका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई साक्षर बनाउने उद्देश्यले घरैमा अनौपचारिक शिक्षाको व्यवस्था पनि गरिएको सो संस्थाले जनाएको छ ।

    समाजकै डरले लुकाउँछन् पीडा

    अपाङ्गता भएका व्यक्ति अझै पनि समाजमा खुल्न नसक्दा अपाङ्गतासम्बन्धी जानकारी लिन सकस पर्ने गरेको छ । समाजकै डरले अपाङ्गता भएका व्यक्तिले पीडा लुकाउनाले परिचय पत्र समेत नलिने गरेका छन् । समाजमा अपाङ्गता हुनु पूर्वजन्मको पाप भन्ने तथा समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचय पत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भए पनि नखुलेको करुणाका छवि श्रेष्ठको भनाइ छ ।

    “कतिपयले नागरिकता नै बनाएका हुदैनन् । नागरिकता बनाउँदा परिवारकै सदस्यले अंश दिनुपर्ने वा आफू समेत अपहेलित हुने डरले बनाउन नदिने गरेका छन्” श्रेष्ठले भने, “त्यसै पनि यस्ता व्यक्ति परिवारले बोझ भएको ठान्छन् । त्यसमाथि पनि परिचय पत्र दिलाउदा अधिकारसमेत दिनुपर्दा नबनाउनु नै ठिक भन्ने ठान्छन् ।” उनका अनुसार करुणा फाउन्डेसन र स्थानीय सरकारलेसमेत पहल गर्दासमेत कतिपयले परिचय पत्र नबनाउने गरेको पाइएको छ ।
    यता अपाङ्गता समाज इलामका सचिव प्रकाश चापागाईं भने त्यस्ता व्यक्तिलाई समाजबाट बाहिर ल्याउन नै नसकिने बताउँछन् । उनीहरूलाई बाहिर ल्याउँदा पनि परिवारले अपहेलना गर्ने हुँदा ल्याउन नसकिएको चापागाई बताउँछन् ।

    इलामको तथ्याङ्क

    जिल्लामा हाल चार हजार तीन जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये दुई हजार चार सय ९९ जना पुरुष र एक हजार ८०१ जना महिला छन् । करुणा फाउण्डेसनका अनुसार अपाङ्गता भएका व्यक्तिले पाउने चार प्रकारका कार्डमध्ये पूर्ण अशक्तले पाउने रातो कार्ड लिने ५११ जना, अति अशक्तले पाउने निलो कार्ड लिने एक हजार ५४० जना, मध्य अशक्तले पाउने पहेलो कार्ड भएका एक हजार १४३ जना र सामान्य अपाङ्गता भएकाले पाउने सेतो कार्ड लिने ८०५ जना रहेका छन् । बाँकी ३०१ जनाले भने कुनै पनि प्रकारको कार्ड नलिएको करुणा फाउण्डेसनले जनाएको छ ।

    • #सुमला साङपाङ राई
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑