• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर २३, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सरकारले मिर्गौला प्रत्यारोपण लागि चार लाखसम्म सहुलियत दिने

      १ दिन अघि

      पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

      १ दिन अघि

      नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

      १ दिन अघि

      बुटवलका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा

      १ दिन अघि

      पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

      १ दिन अघि

      लुम्बिनीकाे प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

      १ दिन अघि

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      १ हफ्ता अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      १ हफ्ता अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि
    in
    आज: २०८० मंसिर २३, शनिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता

  • बुटवल दैनिक
  • २०७७ भाद्र ८, सोमबार (३ साल अघि)
  • ४७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै ८ । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाव सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिबाट भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    नगरपालिकाका प्रवत्ता बच्चुराज बस्यालले कोभिड–१९ नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरको आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराउने नगर प्रवक्ता बस्यालले बताए ।

    यस्तै बैठकले कोभिड–१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक, स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्यमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ ।

    नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए ।

    बैठकले ६० औँ बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५ जना स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बिमा कम्पनीमार्फत कोरोना बिमा प्रक्रिया अगाडि बढाउने निर्णय भए पनि ६१ औँ बैठकले २० जनासम्मको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

    यस्तै टोखा–२ मा रहेको सार्वजनिक जग्गामा आइसोलेसन सेन्टर स्थापनाका लागि स्रोत, साधन, आवश्यकता र औचित्यताका आधारमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नगरप्रमुख अधिकारीले बताए ।

    कार्यपालिकाको बैठकले नगरपालिकाअन्तर्गत वडाध्यक्षले बुझिलिएका मोटरसाइकल, स्कुटर वडा कार्यलयको नाममा हस्तान्तरण गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

    टोखा–२ चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन बागमती प्रदेश सरकारलाई सिफारिस गर्ने भएको छ ।

    नगरपालिकाभित्रका खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिँदै आएकोमा आगामी दिनदेखि ५ बजेदेखि ९.१५ बजेसम्म खोल्न दिने बैठकले निर्णय गरेको छ । टोखामा अहिलेसम्म ९२ जनामा कोरोना सङ्क्रमण देखिइसकेको छ । तीमध्ये ६३ जना सक्रिय सङ्क्रमित छन् । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै शनिबार मात्र १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।

    • #स्वास्थ्यकर्मी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

    नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    समाचार

    पोखरामा ओलीले भने : चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन

    नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑