
वि.सं. २०७७ भदौ ८। सोमवार। इ.स. २०२० अगस्ट २४। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। षष्ठी, १८:५१ उप्रान्त सप्तमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चालेका प्रत्येक पाईलामा अवरोध गर्न खोज्नेहरु कम हुने छैनन् , मानसिक अशान्ति होला, पृयजन बाटै धोका होला, आजको दिन भगवान शिवको आराधना गरे राम्रो हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको दिन तपाईंको लागि भाग्योदय लिएर आएको छ, सबैतिरबाट लाभ होला, नयाँ जिम्मेवारी थपिनसक्छ, परिवारमा नयाँ सदस्यको आशिर्वादले मन हर्षित रहला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
राज्यपक्षबाट साथ र सहयोग प्राप्त होला , सरकारी पद तथा पुरस्कार प्राप्त होला, आज नयाँ जोस , जागर र उमंगको संचार होला, भाबुक बन्ने दिन छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनेक प्रकारका लाभ होला ,कुनै पनि रमणीय स्थानको भ्रमण तथा जल यात्रा होला, सुन चाँदी तथा रत्न रत्नादिबाट लाभ होला तथा धन,मान तथा यश प्राप्त होला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शत्रु पक्ष सक्रिय रहलान, मन अस्थिर होला, बोल्दा बिचार गरेर मात्र बोल्नुहोला, मुद्दा मामिलाको झन्झटमा फसिएला, तर पनि मध्याह्न पछी भने समय राम्रो छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धन,मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, सामाजिक तथा सास्कृतिक सभा समारोहमा सहभागी भईएला, कुनै पनि स्थानको रमाइलो यात्रा होला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईंलाई आज कुनै पनि नसोचेको स्थानबाट धनार्जन होला, कुनै पनि नवीन कार्यमा सहभागी भईएला , आज छोटो तथा लामो दुरिको भ्रमण पनि हुनसक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कुनै पनि उच्च पद प्राप्ति तथा उच्च पदस्थ व्यक्तिसँग भेटघाट होला, दाजुभाइको साथ र सहयोगले कुनै व्यवसाय वा कार्यमा सफलता प्राप्त होला , आजको दिन पराक्रममा पनि वृद्धि होला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
माताको सरसल्लाहले कुनै पनि निर्णय लिईएला, पशुचौपाया तथा साधन बाहन गाडी घोडाबाट लाभ होला , नयाँ जग्गा जमीन तथा घर आदिको वृद्धि होला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको दिन तपाईंलाई न्याय मिल्ला, श्रीमतीको साथ र सहयोग प्राप्त होला , प्रेमी प्रेमिका बिच राम्रो प्रेम बढ्ला, आज कुनै नयाँ स्थानमा नयाँ व्यक्तिसँग रमाइलो भेटघाट पनि होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको दिन तपाईंलाई रोग तथा व्याधिले सताउला, खानपिनमा बिशेष ध्यान दिनुहोला, शत्रु पक्ष बलवान् हुनाले तपाईंको काममा अवरोध गर्लान् ,आजको दिन ॐ नम: शिवाय मन्त्र जप गरे राम्रो होला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आजको दिन कुनै पनि शैक्षिक गतिविधिमा प्रगति गरिएला, उपहार तथा पुरस्कार प्राप्त हुने समय आएकोछ, कुनै पनि रचनात्मक कार्य गर्नाले मन प्रसन्न रहला।


