बुटवल, भदाै ६ । रोट्रयाक्ट क्लब अफ रूपन्देहीले आफ्नो ९ औँ पदस्थापना तथा स्थापना दिवस मनाउने भएको छ । गत हप्ता बसेको बोर्डको बैठकले भाैतिक रूपमा हने भनिएकाे उक्त कार्यक्रम भाेलि भदाै ७ गते आईतबार दिउसाे ४बजे देखि अनलाईन मिटिङ्ग एप्स ZOOM मार्फत मनाउने निर्णय गरेको हो ।
विश्वमा हाल कोरोना भाइरसको महामारीको कारणले कुनै पनि सभा- सम्मेलन तथा भिड-भाड न गर्न प्रशासनको सूचना लाई मध्य नजर गर्दै उक्त कार्यक्रम, अनलाईन बाट गरिने भएको कार्यक्रम संयोजक अनिल अर्यालले जानकारी दिनु भयो ।
रोट्रयाक्ट क्लब अफ रुपन्देही बर्ष १९-२०का अध्यक्ष रोट्रयाक्टर राजेश खरेल को अध्यक्षतामा हुने उक्त कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२का डिस्ट्रिक गभर्नर रोटरीएन राजीव पोखरेलको प्रमुख आतिथ्य रहेन भएको छ । यस सँगै विशिष्ट अतिथि हरुमा रोट्रयाक्ट डिआरआर रोट्रयाक्टर सञ्जीव पौडेल, रोटरी एजी रोटरीएन धुर्ब धिताल, रोटरी एजी रोटरीएन राजकुमार गुप्ता, रोट्रयाक्ट रुपन्देहीका संस्थापक अध्यक्ष रोटरीएन प्रकाश गौतम, आईपी डिआरआर रोटरीएन स्नेहा शाक्य, डिआरआर इलेक्ट रोटरीएन सुमित बज्राचार्य, रोटरी रुपन्देहीका अध्यक्ष रोटरीएन गौतम भुसाल, रोटरीएन प्रोफेसर डा. आर सी आचार्य लगायत का रोटरी तथा रोट्रयाक्टका वरिष्ट व्यक्ति हरुको उपस्थिति रहने संयोजक अर्यालले बुटवल दैनिकलाई जानकारी दिनु भयो ।
पदस्थापन कार्यक्रममा बर्ष १९-२०का अध्यक्ष रोट्रयाक्टर राजेश खरेलले बर्ष २०-२१का अध्यक्ष रोट्रयाक्टर मिलन भण्डारीलाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गरी पदस्थापन गराइने साथै सम्पूर्ण सदस्यहरुलाई शपथ ग्रहण गराइने भएको छ ।
रोट्रयाक्टर राम प्रकाश पाण्डे र रोट्रयाक्टर कमल भण्डारीकाे संचालनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको र कार्यक्रम सव्य तथा भव्यरूपमा सफल पार्न सम्पूर्णकाे उपस्थितीका लागि संयोजक अनिल अर्यालले आव्हान गर्नु भयो ।