• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      ३६ मिनेट अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      ४९ मिनेट अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      २ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ३ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ३ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      २१ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      १ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      २ दिन अघि

      बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

      ३ दिन अघि

      नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / धर्म संस्कृति

    अहिलेकाे तिज, घरमै मनाअ‌ाैं प्लिज

  • बुटवल दैनिक
  • २०७७ भाद्र ५, शुक्रबार (८ महिना अघि)
  • ३८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै ५ । भाद्र शुक्ल तृतीयाका दिनमा आज घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तिज) पर्व मनाइएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर लगायत देशभरका मुख्य मन्दिर बन्द भएकाले बर्तालु महिलाले घर घरमै महादेवको पूजा आराधना गरी हरितालिका पर्व मनाएका हुन् ।

    पशुपतिनाथ वरपरका केही महिला भने परिसरमा गई बाहिरबाट दर्शन गरेको देखिएको स्थानीय माला खरेलले जानकारी दिइन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण बाहिर हिँड्न पनि असहज थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

    यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।

    जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

    नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाई छ ।

    समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

    व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

    प्राचीनकालमा पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।

    शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको उनले सुनाए ।

    हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाउँछन् । आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गोदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्छन् ।

    बिहीबार राति दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    • #हरितालिका तिज
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

    शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

    समाचार

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१५ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २०७४८ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७४८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑