काठमाण्डाैं, भदाै ५ । बिमल अधिकारी, अर्जुन सापकोटा र जय देवकोटाको सहकार्यमा रहेको नयाँ गीत पिराती नलाउ मायाँ बजारमा आएको छ । बजारमा आउनु भन्दा केही दिन अगाडीबाटै टिकटकमा भाईरल बनेको उक्त गीत बजारमा आइसकेको छ।
भावना म्युजिक प्रा.लिबाट बजारमा आएको गीतमा जय देवकोटा, अर्जुन सापकोटा, यज्ञ सापकोटा र पूर्णकलाको आवाज रहेको छ । बिमल अधिकारीको शब्द रहेको गीतमा जय, अर्जनु र यज्ञको संगीत रहेको छ ।
बिमल अधिकारीले नै निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अधिकारी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । बिमलले पछिल्लो समय आफ्नो एकपछि एक चर्चित गीतहरु बजारमा ल्याउदै गरेका छन ।
शब्द, संगीत र अभिनय गर्दै आएका अधिकारी पछिल्लो समयमा निर्देशक पनि बनेका छन् । त्यसैगरी अर्जुन सापकोटा टिकटकबाट पछिल्लो समय चर्चामा आएका कलाकार हुन् । उनको पछिलो समय बजारमा आएको गित बनकी चरि गीतलाई दर्शक स्रोताले रुचाएका छन् ।
जय देवकोटा पनि दर्शक स्रोताले रुचाएको नाम हो । देवकोटा विशेषगरी मौलिक गीतका कारण दर्शक स्रोताको मनमा बस्न सफल भएका छन् । हाल सम्म यो गीतलाई एक लाख भन्दा बढी दर्शकले हेरेका छन् ।