बुटवल, भदौ ५ ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुष रहेका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका उनि नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
क्वारेन्टाइनमा रहेको अवस्थामा गरिएको पीसीआर परिक्षणमा पोजिटिभ रिपोर्ट आएको र स्वास्थ्यमा समस्या देखिएपछि बुटवल कोरोना विशेष अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो ।