• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      १ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      १ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      १ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      ४ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      ४ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      ४ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      ६ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      ७ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ७ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      ८ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      ८ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      ८ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      २० घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      २१ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      २२ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    अब उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन नै आइसोलेसन

  • बुटवल दैनिक/पत्रपत्रिका
  • २०७७ भाद्र ५, शुक्रबार (६ महिना अघि)
  • १६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ, भदाै ५ । काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।

    उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

    उनले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताए । अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा तीन सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् ।

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा भएका सबै क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्न लागिएको छ । उक्त कार्यका लागि भक्तपुरका चारवटै नगरपालिकाको लागत साझेदारीमा आइसोलेसन निर्माण गर्न लागिएको हो । उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन् ।

    काठमाडौँ उपत्यकामा बढ्दो कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए प्रत्यक्ष चिकित्सकको निगरानीमा आइसोलेसन अत्यावश्यक भएको उपत्यका नगरपालिका फोरमले जनाएको छ । फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था हेरचाहका लागि हाल भएका आइसोलेसनले नपुग्ने भएकाले सबै नगरपालिकाभित्र आइसोलेसन निर्माण गर्ने गरी आन्तरिक तयारी भएको छ । उनले ललितपुर महानगरले दुई स्थानमा बनाएको ५२ बेडको क्वारेन्टाइन आफैँमा आइसोलेसनजस्तै भएकाले यसलाई थप गरेर दुई सय बेड बनाउने तयारी भएको बताए । कोरोना सङ्क्रमितको व्यवस्थापन र सङ्क्रमण नियन्त्रण गर्न ललितपुरका सबै स्थानीय तहका प्रमुख सहितको भेलाले महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई थप व्यवस्थित गरी आइसोलेसन बनाउन सहमत भएका छन् ।

    उपत्यकाका १८ वटा नगरपालिकामा अहिले करिब एक हजार क्षमताको क्वारेन्टाइन निर्माण भएका छन् । उक्त क्वारेन्टाइन सबै पूर्वाधारयुक्त छैनन् । उपत्यकामा कोरोनाका सङ्क्रमित बढ्दै गएपछि कतिपय सङ्क्रमित घरमै परिवारभन्दा अलग्गै बस्दै आएका छन् ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    • #आइसोलेसन

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    सेयर बजारमा भारी गिरावट

    सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    गुल्मीमा एक मृत पुरुषको शव फेला

    गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

    समाचार

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    सेयर बजारमा भारी गिरावट

    सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

    गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२८ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑