• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० मंसिर १९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुत्केरीको मृत्यु पछि आम्दा अस्पतालका मेसु माथी कुटपिट

      ६ दिन अघि

      नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुन्छ प्रदेश सासंद थारु

      ६ दिन अघि

      शिक्षा र नागरिक जागरणद्धारा लैंगिक असमानता र विभेद हट्छ

      १ हफ्ता अघि

      दाङको बाल प्रगति प्राथमिक विद्यालयकाे भवन प्रदेश सांसद थारुद्धारा उद्घघाटन

      १ हफ्ता अघि

      सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

      १ हफ्ता अघि

      अज्ञात श्रीमान् ज्यू !

      १ हफ्ता अघि

      राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण गर्न शुरु

      १ हफ्ता अघि

      रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

      १ हफ्ता अघि

      लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सुरु अभियानकाे इतिहास यस्ताे छ ?

      १ हफ्ता अघि

      नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

      १ हफ्ता अघि

      सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

      २ हफ्ता अघि

      लुम्बिनीमा रसियन गुम्बाको प्रारूपसहितको ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

      २ हफ्ता अघि

      प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

      ३ हफ्ता अघि

      कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

      ३ हफ्ता अघि

      रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

      ३ हफ्ता अघि
    in
    आज: २०८० मंसिर १९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / धर्म संस्कृति

    आज देखि शुरू भयाे तीज, आज दर खाने दिन !

  • बुटवल दैनिक
  • २०७७ भाद्र ४, बिहिबार (३ साल अघि)
  • १५९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै ४ । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।

    फेसबुकमा पछ्याउनुहोस्

    विशेषगरी नेपाली नारीले मनाउने  तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले कर्मघरमै दर खाएर तीज मनाउँदै छन् ।

    तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र  मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् ।

    पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् । यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर खानेलगायत गतिविधि देखिएको छैन ।

    यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महीनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।

    बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।

    यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी यही भदौ ६ गते र  ऋषिपञ्चमी पर्व भदौ ७ गते मनाइने समितिले जनाएको छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

    तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् ।  पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

    यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

    राजधानीमा निषेधाज्ञासमेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदैछन् । तीज शुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेका छन् । यस वर्ष भने कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज मनाउनुपर्ने छ ।

    • #दर खाने
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    धर्म संस्कृति सम्बन्धि थप

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    कलाकार रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    समाचार

    सैनामैनामा दुधराक्ष युवा क्बलद्धारा अन्तरजिल्ला भलिबल प्रतियोगिता सुरु

    रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको चौथो अधिवेशन  महासचिवमा पाण्डे चयन

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    बुटवल दैनिक बिशेष

    नेपाल र चिन सिमाना बाट अबैध रुपमा माेटरसाईकल पैठारी गरि विक्रि वितरण

    सत्यम सेवा सुरक्षाम होइन , कमिशन असुली कर्ममा भुजहवा सशस्त्र प्रहरी

    प्रथम मदाने कंकेदेउराली महोत्सवमा पुरुष भलिबल तर्फको उपाधी सनराईजलाई

    रामनगर प्रहरी द्वारा तीन सय केजी माछा बरामद

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑