• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      १ घण्टा अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      १३ घण्टा अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      १३ घण्टा अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १५ घण्टा अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १५ घण्टा अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १५ घण्टा अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १५ घण्टा अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १५ घण्टा अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १६ घण्टा अघि

      मन भित्रको जिन्दगी

      १६ घण्टा अघि

      मिलिजुली महिला उद्यम समुहद्वारा स्टेसनरी उपहार

      १७ घण्टा अघि

      जनता समाजवादी पार्टी शीर्ष नेतासँग प्रचण्ड नेपालको भेटवार्ता

      २१ घण्टा अघि

      नेकपा ओली समूहकाे स्थायी कमिटी बैठक स्थगित

      २१ घण्टा अघि

      शिक्षकलाई तलब नदिएकाे भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

      २१ घण्टा अघि

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    कोरोना सङ्क्रमित बढेसँगै सरकारी कार्यालयको सेवा बन्द

  • बुटवल दैनिक
  • २०७७ भाद्र ३, बुधबार (६ महिना अघि)
  • १३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काभ्रे,भदाै ३ । पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् ।

    आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिई सेवा बन्द गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले अति जरुरी बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताए ।

    यसैगरी जिल्लास्थित मालपोत कार्यालयले पनि पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै स्वास्थ्य संवेदनशीलताका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द रहेको जनाएको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार मङ्गलबारदेखि सेवा बन्द गरिएको बताए ।

    केन्द्रले जिल्लामा दिनानुदिन सङ्क्रमित दर बढ्दै गएपछि सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अनिश्चतकालीनरूपमा बन्द गरेको हो । जिल्लामा मङ्गलबार मात्रै १६ सङ्क्रमित देखिएका थिए । केन्द्रको मङ्गलबारको आकस्मिक बैठकले जिल्लास्थित बढी मानिसको भीडभाड हुने तीन कार्यालयको सेवा बन्द गरिएको जनाएको हो । साथै केन्द्रले उपत्यका प्रवेश गर्ने दुई नाका साँगा र नालामा आवागमन जाँचमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

    केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोरोना भाइरसको उच्च जोखिमका कारण आन्तरिक राजश्व कार्यालय, मालपोल कार्यालय र नापी कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गराइएको बताए । उहाँका अनुसार अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्नेछ ।

    यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जिल्लाका रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ आजदेखि अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जिल्लाका सबै बैंक तथा वित्तीय संस्थालाई एक दिनको ‘अल्टरनेट’ मा सेवा प्रवाह गर्नेबारे जानकारी गराइएको बताए ।

    यसैबीच कारोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले पनि आफ्नो सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । ती स्थानीय तहले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्नेसमेत जनाएका छन् । हालसम्म कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने सङक्रमितको सङ्ख्या ९७ पुगेको छ ।

    • #कोरोना सङ्क्रमित

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

    बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

    समाचार

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बुटवल दैनिक बिशेष

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२१ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६५ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑