
रूपन्देही, भदाै २ । पाल्पाको तिनाउ गाउँपालिका भित्रको विभिन्न स्थानमा निर्माण भैरहेको पक्कीपुल सम्पन्न भएका छन् । दोभान चौकी देखि गाउँपालिका भवन बिचमा गर्न झुम्सा खोलामा बन्दै गरेको करीब ८ करोड लागतको पक्कीपुल संचालनमा आएको छ ।
त्यस्तै गाउँ पालिका भवन हुँदै नुवाकोट जाने बाटोमा पर्ने कचल खोलामा निर्माण भैरहेको ८ करोड लागतको पक्कीपुल पनि संचालनमा आएको छ ।
अब सिद्धबाबामा बाटो बन्द भएमा दोभानबाट नुवाकोट हुदै वेलवास जानेबाटो बाट बुटवल जान सकिन्छ । त्यसैगरी रानीबगीया झिंगामारा हुँदै कचल जाने बाटोमा पर्ने कचल खोलाको झुसिलेघाटमा निर्माण भैरहेको ८ करोड लागतको पक्कीपुल सम्पन्न हुने चरणमा पुगेको छ ।
चरचरेबाट कोलडाँडा, विस्कुनडाँडा जोने बाटोमा पर्ने पक्कीपुल पनि यसै आ.व. मा सम्पन्न हुने, झुम्साबाट सत्यवती जाने बाटोमा पर्ने गोखन्दी घाटमा यसै वर्षबाट पक्कीपुल निर्माण सुरु हुनेछ साथै दुम्रे चकल्दी कुसुमखोला मोटरबाटोमा पर्ने दुम्रे पानीमिल र चकल्दीघाट मा यसै वर्ष पक्कीपुल निर्माण हुने छ ।
झुम्साबाट चौकी भन्ज्याङ् जाने बाटोमा १,१ करोड लागतका ३ वटा कल्भर्ट निर्माण हुदैछ । दोभान कचल मोटर बाटोमा पर्ने कुर्मान खोलामा यसै वर्ष प्रदेश सरकारबाट पक्कीपुल सर्वे हुदैछ । यसरी तिनाउका खोलाहरुमा मोटरबाटो सहज हुदैछ, अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो ।


