• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  समाचार

    वर्षेनी सिन्धुपाल्चोकमाथि नै किन यस्तो बज्रपात ?

  • बुटवल दैनिक
  • २०७७ भाद्र १, सोमबार (६ साल अघि)
  • ४६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ, भदाै १ । वि.सं. २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले नपुगेर अझै यहाँ सडक तथा हवाई दुर्घटनासमेत थपिने गरेकाले पछिल्ला केही वर्षमा विपत्ति नै सिन्धुपाल्चोकको नियति बन्न पुगेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    विसं २०७१ पछिदेखि नै सिन्धुपाल्चोक जिल्लाले वर्षेनीजसो ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनुपरेको छ । यस्ता दुर्घटनाबाट यो वर्ष मात्रै यस जिल्लामा सयौँ सर्वसाधारणले ज्यान गुमाउनुपरेको तीतो यथार्थ पाइन्छ । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान आएको पहिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकाको लिदी गाउँ नै पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति भयो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार सोमबार बिहानसम्म २२ जना गाउँले मृत फेला परेका छन् भने १७ जना अझै बेपत्ता छन् । पहिराले ३७ घर पूर्णरुपमा क्षति भएको छ । केही पुरिएका छन् भने अरु केही पहिराले बगाएको छ । घटनास्थलमा अहिले पनि प्रहरी, सेना तथा स्थानीय नागरिकले बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् ।

    सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट करिब एक दिनको पैदलयात्रा पछि मात्रै पुगिने साबिक गोल्चे गाविसको लिदी गाउँ जिल्लाकै विकट गाउँका रुपमा परिचित छ ।     यस लिदी गाउँमा रहेका ७२ घर परिवारले गएको माघ १६ गते पहिलो पटक बिजुली बत्तीको उपयोग गर्न पाएका थिए । यस गाउँले गत हिउँदमा मात्रै सडकसँग नाता जोड्न पाएको थियो । बिजुली बत्तीले ल्याएको उत्साह र सडक जोडिएसँगै छाएको उमङ्गमा लिदीबासी धेरै रमाउनै पाएनन् ।

    पानी रोकिएपछि बिहानको मिरमिरेमै आएको पहिराले धरै वर्षपछि साकार भएको सडक र बिजुलीसँग घुलमिल हुने अवसर चुँडेर लगेपछि अहिले पुरै लिदी गाउँ नै शोकमा डुबेको छ ।  उक्त गाउँको भौगर्भिक बनावट कमजोर रहेकोले माथिको डाँडाबाट कुनै पनि बेला पहिरो खस्न सक्ने अनुमान यसअघि नै विज्ञहरुले गरेकै थिए । त्यसैले पनि निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीयसहितलाई सार्न जुगल गाउँपालिका वडा नं २ का वडा अध्यक्ष प्रताप लामाले बस्ती जोखिममा रहेको भन्दै त्यहाँबाट उक्त बस्ती स्थानान्तरणको माग राख्दै जिल्लादेखि प्रदेश हुदै केन्द्रसम्म निवेदन दिएको बताए ।

    यहाँको निम्न आर्थिक अवस्था भएका सर्वसाधरणले तत्काल बस्ती सार्नसक्ने सम्भावना थिएन । वडा अध्यक्ष लामाले भावुक हुँदै भने, “जाने ठाउँ पनि अन्यत्र कतै नभएपछि पटकपटक जोखिम भयो बस्ती सारिदिनु पर्यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दियौँ कसैले सुनेन, आज यो क्षति व्यहोर्नु पर्यो ।”

    लिदीको प्रकोप त अहिलेको ताजा दुर्घटना हो । यस्ता बडो दर्दनाक प्राकृतिक विपत्ति सिन्धुपाल्चोकले वर्षौंअघिदेखि कैयौँ झेल्दै आएको छ । जुन अवस्थाको बयान गर्ने हो भने मानिसलाई सिन्धुपाल्चोकमाथि नै किन यस्तो बज्रपात भइरहेको छ भनेर आश्चर्यमा पर्न सक्छन् ।

    मेलम्चीमा पुरिएर आठ मजदुरको मृत्यु

    जिल्लाको मेलम्ची बजारमा साउन १८ गते आइतबार रातिको पहिरामा पुरिएर आठ मजदूरको मृत्यु भएको थियो भने एक जनाको जिवितै उद्धार गरिएको थियो । अविरल वर्षाको कारण सडकमाथिबाट आएको पहिरामा परी कभर्ड हल बनाउन बसेका मजदूरहरुको मृत्यु भएको थियो । मृत्यु हुनेमा बारा तथा केही भारतीय नागरिक रहेको भन्दै प्रहरीले मृतककोे सनाखतपछि शव परिवारलाई बुझाएको थियो ।

    सुरुङको गेट भत्किँदा एकको मृत्यु, एक जना बेपत्ता

    मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत असार ३० मा सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहानन जिकैको फ्लसिङ अडिटको ढोका खुलेर चार कर्मचारीलाई गाडीसहित बगाएको थियो ।

    घटनामा परेका तीन इञ्जिनीयरमध्ये एकको मृत्यु भएको छ भने घाइते अवस्थामा उद्धार गरिएका दुई उपचारत छन् । एक जना कर्मचारी अझै फेला परेका छैनन् । पानी पठाउन परीक्षणका क्रममा सुरुङको १७ नं गेट भत्किँदा भएको उक्त दुर्घटना छानबिन गर्न मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिकसहितको समितिसमेत गठन गरेको छ ।

    जम्बु पहिरामा दुईको मृत्यु २० बेपत्ता

    गत असार अन्तिममा अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेस्थित जम्बुलगायतका ठाउँका दुई दर्जनभन्दा बढी घर बगाएको थियो । बीस जना बेपत्ता भएका थिए भने दुई जनाको शव फेला परेको थियो ।

    बेपत्ता भएका हालसम्म फेला परेका छैनन् । बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरूपमा कटान गरेको थियो । सो सडकखण्डमा अहिले पनि पहिरो जानेक्रम जारी नै रहेको स्थानीय बताउँछन् ।

    तीन महिनामा तीन ठूला सडक दुर्घटना

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस दुर्घटना भएको हो । एकसय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा दुर्घटनामा परेको थियो ।

    यसैगरी गत वर्षको कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो । चालकको लापरवाहीको कारण बस दुर्घना भएको निष्कर्ष प्रहरीको अनुसन्धानबाट निस्किएको थियो ।

    त्यस्तै अर्को सडक दुर्घटना लामोसाँघु जिरी सडक खण्डको छ किलोमा भएको थियो । दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस सो स्थानमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

    दुई ठूला हेलिकप्टर दुर्घटना

    सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित छ जना अमेरिकी र एक जना डच नागरिकको मृत्यु भएको थियो ।

    घटना विरणअनुसार विसं २०७२ को वैशाख १२ गतेपछि २९ गते आएको परकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागि जाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर युएच वानवाई ह्यु हराएको चौथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

    शक्तिशाली परकम्पपछि ६ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।

    त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा– ८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो । नाइनएन एजेपी कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो । हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए ।

    २०७२ सालको भूकम्प

    गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार मध्याह्न गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो । दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी तीन हजार ५७१ जनाले ज्यान गुमाए । यस विनाशबाट असी हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवन भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिन सकेको छैन । यसैमाथि झनभन्दा झन ठूला बिपत्ति थपिएपछि यहाँबा बासिन्दा निराश छन् ।

    जुरेको पहिरो 

    विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस वडा नं ५ को इटिनीको पहरो फुटेर गएको पहिराले ३१ जना स्कुले बालबालिकासहित १४५ जनाले ज्यान गुमाउनुपरेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत १५३ घर पूर्णरूपमा ध्वस्त भएका थिए ।

    भोटेकोशी नदी नै थुनिने गरी आएको कहालीलाग्दो पहिरोको प्राकृतिक दुर्घटनामा परी धेरैको घरबास नै गुम्यो र बेसहरा बने । अझै पनि धेरै घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन । पहिराले कतिको घरजग्गा गुम्दा गाउँबाटै विस्थापित हुनुपर्यो । जुरेको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।

    • #पहिराे
    • #सिन्धुपाल्चोक
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑