• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

      २ घण्टा अघि

      पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

      ३ घण्टा अघि

      गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

      ३ घण्टा अघि

      सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

      ३ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      ४ घण्टा अघि

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      ७ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      ७ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      ७ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      ९ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      ९ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      ९ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      ११ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      १३ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      १३ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १३ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    प्रदेश नं २ मा बढदो कोरोना सङ्क्रमणः एक महिनामा ३ हजार सङ्क्रमित थपिए

  • बुटवल दैनिक
  • २०७७ भाद्र १, सोमबार (६ महिना अघि)
  • १६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    -नानीमैया कटवाल 

    सप्तरी, भदाै १ ।  प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुई जना कोरोना सङ्क्रमित थप भएका हुन् ।

    एक महिनाको अवधिमा प्रदेश नं २ मा करिब तीन हजार सङ्क्रमित बढेका छन् । प्रदेश नं २ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार असार मसान्तसम्म तीन हजार ९११ जना सङ्क्रमित रहेकामा साउन मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या छ हजार ८२१ पुगेको छ । पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ ।

    मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर साउन मसान्तभित्र रौतहटमा १३८५, पर्सामा १२२६, धनुषामा १०२२, महोत्तरीमा १००२, सर्लाहीमा ९३४, सप्तरीमा ६६१, बारामा ३२३ र सिरहामा २६३ पुगेको छ । असार मसान्तमा रौतहटमा १२३१, पर्सामा १५९, धनुषामा ५४९, महोत्तरीमा ७३८, सर्लाहीमा ६५६, सप्तरीमा २५५, बारामा ११२ र सिरहामा २०६ सङ्क्रमित रहेको थियो ।

    सङ्क्रमितसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । असार मसान्तभित्र रौतहट, बारा र पर्सामा एक÷एक जना गरी तीन जनाको मृत्यु भएकोमा साउनसम्ममा मृतकको सङ्ख्या ४५ पुगेको छ । तीमध्ये ११ महिला र ३४ पुरुष छन् । मृतकमध्ये पर्साका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मात्र जनकपुरधाम उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश नं २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

    प्रदेश नं. २ मा संस्थागत आइसोलेशनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टिनमा एक हजार ६३१ जना रहेका छन् । सङ्क्रमितमध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए । उनका अनुसार उपचारपछि निको भएर घर फर्किकामध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन् ।

    असार मसान्तभित्र सप्तरीमा २२१, सिरहामा ११५, धनुषामा ३९४, महोत्तरीमा २७०, सर्लाहीमा ५९०, रौतहटमा ६५३, बारामा ११४ र पर्सामा १७१ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं २ मा हाल आइसियुमा ४१ जना उपचाररत छन् । प्रदेश नं २ को आइसोलेशन भरिभराउ भएपछि सङ्क्रमित घरमै बस्न बाध्य छन् । यो प्रदेशमा ९८ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आइसोलेशनको अभावले सप्तरीमा समेत ३१ जनालाई होम आइसोलेशनमा राखिएको र यसले समुदायमा सङ्क्रमण फैलिने खतरा बढेको बताए । उनले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले शम्भुनाथ नगरपालिकास्थित भगवतपुर, कठौनामा रहेको माविलाई करिब २०० श्ययाको आइसोलेशन केन्द्र बनाउने तयारी भइरहेको जानकारी दिए । राजविराजस्थित आइसोलेशन केन्द्रमा जनशक्ति अभाव भएपछि सङ्क्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै तहमा ५० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।

    दीर्घरोगी कोरोना सङ्क्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ भने भ्यान्टिलेटर नपाउँदा सङ्क्रमितको उपचारमा पनि समस्या देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.रणजितकुमार झाले चारवटा भेण्टिलेटर भए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सञ्चालन हुन नसकेको बताए । रोजगारीमा रहने क्रियाशील जनशक्ति युवा नै बढी सङ्क्रमित रहेको जानकारी दिँदै उनले पछिल्लो समय ज्येष्ठ नागरिक र दीर्घरोगीमा समेत कोरोना सङ्क्रमण बढेको बताए ।

    उनीहरूसँग रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्युदर बढ्नसक्ने सम्भावना रहेको उनको भनाइ छ । “सङ्क्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभाविक हो, त्यसमाथि प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र दीर्घरोगी व्यक्तिमा सङ्क्रमण बढ्दै जानु डरलाग्दो हो”, डाक्टर झाले बताए ।

    भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना सङ्क्रमण र मृत्युको ग्राफ उकालो लागेको सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का विनोद यादवले बताए । क्वारेन्टिन भद्रगोल बन्नु, पिसिआर परीक्षणमा ढिलाइ हुनु, सङ्क्रमित व्यवस्थानमा ध्यान नदिनु, सीमानाका खुकुलो हुनु, होम क्वारेन्टिनमा बसेकाको निगरानी नहुनु, सचेतना अभियान राम्रोसँग चलाउन नसक्नुजस्ता कारण यो प्रदेश कोरोना सङ्क्रमणको उच्च जोखिममा पुगेको यादवको भनाइ छ । भारतबाट आएका अधिकांशमा कोरोना सङ्क्रमण भेटिए पनि सचेतना भने कम छ ।

    प्रदेश नं २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ । जनकपुर, राजविराज र वीरगञ्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ । सबैभन्दा सानो क्षेत्रफल भए पनि दोस्रो ठूलो जनसङ्ख्या भएको प्रदेश नं २ मा हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताउनुभयो । जसमध्ये आठ हजार ४१४ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

    • #कोरोना सङ्क्रमण
    • #प्रदेश नं २

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    समाचार

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    बुटवल दैनिक बिशेष

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२९ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५१० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८१ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑