• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २१, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

      १५ मिनेट अघि

      रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

      २६ मिनेट अघि

      नेता भट्टराईद्धारा दोभानका ‘आगलागीपीडितलाई पाँच लाख सहयोग’

      ३४ मिनेट अघि

      सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

      ८ घण्टा अघि

      सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

      ८ घण्टा अघि

      महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

      १८ घण्टा अघि

      नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

      १९ घण्टा अघि

      निर्धक भएर खोप लगाउन उपाध्यक्ष पावित्री कोहारको आग्रह

      १९ घण्टा अघि

      निर्धक भएर खोप लगाउन अध्यक्ष गुप्ताको आग्रह

      १९ घण्टा अघि

      पाल्हिनन्दनमा फाल्गुन २३ गते बाट कोभिड विरुद्धको खोप लाग्दै

      २० घण्टा अघि

      लगनशिल महिला उद्यम समुह प्रथम बार्षिक साधारण सभा सम्पन्न

      २० घण्टा अघि

      गुल्मीमा ११ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुदै

      २२ घण्टा अघि

      स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

      २३ घण्टा अघि

      गुल्मीकी सम्झना बोहरा हत्याकाण्डका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

      १ दिन अघि

      गोरखाकी गरिमाले जितिन पब्लिक च्वाइस अवार्ड

      १ दिन अघि
    in
    आज: २०७७ फागुन २१, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    बेनी–जोमसोम यात्रा जोखिमपूर्ण

  • बुटवल दैनिक
  • २०७७ भाद्र १, सोमबार (६ महिना अघि)
  • १४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    म्याग्दी, भदाै १ । मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भए । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएका हुन् । पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।

    पहिरोबाट उद्धारपछि प्राथमिक उपचार गरी स्टे«चरमा राखेर सेनाको टोलीले म्याग्दीको दाना ल्याएपछि गाडीमा राखेर बेनी अस्पताल ल्याइएको थियो । पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बताए ।

    अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो । बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा हिँडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

    अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर गत असार ३० गते मङ्गला गाउँपालिका–५ का ज्ञानबहादुर पुनको मृत्यु भयो । गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्परसहित कालीगण्डकीमा खसेका चालक पुनको शव असार ३१ गते रातोपानीमा भेटिएको थियो ।

    म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महिनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन् । साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।

    गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ । ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जाले बताए ।

    राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए ।

    रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल बनाइएको छ । सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

    बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषिउपज निकासी हुन सकेको छैन । बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ ।

    • #बेनी–जोमसोम सडक

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    नेकपा विप्लव नेतृत्वकी पाल्पा जिल्ला संयाेजक वि क नेकपा ओली समुहमा प्रवेश

    समाचार

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    रुपन्देही सुपर लिग क्रिकेट: न्यू होराइजन विजयी

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

    बुटवल दैनिक बिशेष

    बिवादका वीच औद्योगिक करिडोरकाे शिलान्यास

    सुविधा दिन नसके क्षतिपूर्तीको परिकल्पना : अध्यक्ष बस्नेत

    महानगरको कार्यालय पनि तिलोत्तमामै बन्छ :अर्थमन्त्री पौडेल

    स्थानीयद्धारा मोतीपुर अौधोगिक करिडोर सिलान्यासका लागि बनाईएको स्टेजमा तोडफोड

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६६५ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१३० पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५२१ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९५ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४९० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑