• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

    in
    आज: २०८३ भाद्र २६, शुक्रबार
    होमपेज /  समाचार

    विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने

  • बुटवल दैनिक
  • २०७७ भाद्र १, सोमबार (६ साल अघि)
  • १०७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    कमाठमाण्डाैं, भदाै १ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले यस वर्ष विसं २०७७ सम्म पञ्चाङ्गलाई स्वीकृति मात्र दिने गरेको थियो । समितिका तर्फबाट पञ्चाङ्ग प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गरी प्राप्त भएकाले काम अघि बढाइएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

    फेसबुकमा पछ्याउनुहोस्

    समितिले यस वर्षका लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको थियो । समितिले पञ्चाङ्गकार सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरुष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशीधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको हो ।

    विसं २०७८ मा पात्रो प्रकाशन गर्न चाहने नयाँ पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तअनुसार तीन वर्षको गणित गरी समितिमा पेश गर्न पनि समितिले साउन पहिलो साता र्साजनिकरूपमा सूचना जारी गरिसकेको छ । यस अवधिमा यसअघि पात्रो प्रकाशन गरिरहेका पञ्चाङ्गकारले पनि ग्रह गणित गरेको मस्यौदा पेश गर्नुपर्ने छ । पञ्चाङ्गका मस्यौदा प्राप्त भएपछि समितिमा रहेका ज्योतिष, धर्मशास्त्र, इतिहास पुराण, संस्कृतिलगायत विज्ञ सदस्यले ग्रह गणितको हिसाब हेरी अन्तिम निर्णय गरी स्वीकृति दिने व्यवस्था छ ।

    भित्तेपात्रो व्यवस्थित गर्दै पञ्चाङ्ग निर्णायक समिति

    समितिले यस वर्षदेखि भित्तेपात्रो (क्यालेण्डर) लाई पनि व्यवस्थित गर्ने भएको छ । भित्तेपात्रोलाई यसअघिसम्म स्वीकृति दिने व्यवस्था नहुँदा चाडपर्वका विषयमा जेसुकै लेखिदिँदा जनमानसमा भ्रम पैदा भएकाले मन्त्रालयको निर्देशनमा व्यवस्थित गर्न लागिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

    यस वर्षदेखि भित्तेपात्रो प्रकाशन गर्नेले पनि मस्यौदा समितिमा पेश गरी स्वीकृति लिनुपर्ने भएको छ । यस वर्षसम्म समितिले स्वीकृति दिएका पात्रो प्रकाशन भएपछि त्यसैलाई सारेर भित्तेपात्रो प्रकाशन हुने गरेको थियो । यसको मार पञ्चाङ्गकारलाई परेको थियो । यस विषयमा प्रतिलिपि अधिकारको विषय पनि उठ्दै आएको थियो ।

    भित्तेपात्रो प्रकाशक व्यक्ति वा संस्थाले पात्रोबाट चाडपर्व आदिको विवरण सार्ने क्रममा आफूखुशी यताउता पारिदिँदा जनसाधारणमा भ्रम पैदा भएकाले यस वर्षदेखि व्यवस्थित गर्न लागिएको समितिले जनाएको छ । सूचना तथा प्रसारण विभागको भित्तेपात्रो भने समितिको सल्लाहमा तिथिमितिलगायत चाडपर्व राखेर प्रकाशन हुने गरेको समितिका अध्यक्ष प्रा.डा. गौतमले सुनाए ।

    तिथि, बार, नक्षत्र, योग र करण गरी पाँचवटा अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँचवटै अङ्गका घडी पलालगायत विवरण पनि समावेश गरिएको हुन्छ । पछिल्लो समय पात्रो प्रयोगकर्तालाई सजिलो बनाउन यी पाँचै कुराको घडी पलालाई बजेमा पनि राखिने गरेको छ ।

    योसँगै पात्रोमा तिथिअनुसार कुन चाडपर्व कहिले पर्छ भन्ने विषयको आधिकारिक निर्णय पनि दिइएको हुन्छ । विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोका कारण पनि समाजमा भ्रम उत्पन्न हुने गरेकाले सबै पञ्चाङ्गकारलाई समितिको छाताभित्र समावेश भई काम गर्न समितिले आह्वान गरेको छ ।

    • #नेपाल पञ्चाङ्ग निर्णायक समिति
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    समाचार

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑