वि.सं. २०७७ भदौ १। सोमवार। इ.स. २०२० अगस्ट १७। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। त्रयोदशी, १०:३१ उप्रान्त चतुर्दशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनेक प्रकारका लाभ प्राप्त होलान्, मित्र तथा साथिभाईको सहयोग प्राप्त होला, साधन बाहन तथा सुनचाँदी प्राप्त होला, शत्रु पक्ष पनि मित्रता गास्न आउलान, आज आकस्मिक लाभ पनि होला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चोर तथा अग्निको भय होला आँखामा समस्या आउनसक्छ, मुद्दा मामिलाको झन्झटमा फसिएला,शत्रुहरु वृद्धि होलान् , धन तथा प्रतिष्ठामा हानी हुनसक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वस्थ तथा तन्दुरुस्त भईएला, जप,तप,ध्यान तथा साधनामा मन जाला, विभिन्न प्रकारका ईज्जत,मान तथा प्रतिष्ठामा वृद्धि होला, समाज सुधारक कार्यमा सहभागी भईएला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीचाली तथा ब्यवहारमा परिवर्तन आउनेछ, आज मिष्ठान्न भोजनको अवसर मिल्ला, गुप्त धन तथा बिद्या प्राप्त होला, आजको दिन कसैसँग झुट नबोल्नुहोला नत्र फसिएला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
घमण्डको कारण बन्न खोजेको काम पनि बिग्रन सक्छ,तर दिउँसो पछि भने नाँचगान, सभा समारोहमा सहभागी भईएला, धन आर्जन हुने योग पनि छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ऐश्वर्य बढ्ने तथा कीर्तिमानि कार्य गरिएला, आजको दिन विभिन्न प्रकारका प्रगति होला, बैचारिक अवस्था सबल होला,पशुपालन तथा कृषिबाट लाभ होला, तर पनि छातीमा समस्या आउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बल, बुद्धि तथा बिद्यामा वृद्धि होला,पाचनशक्ती कमजोर हुनाले पेटमा समस्या आउनसक्छ,अध्ययन तथा पठनपाठनमा मन जाला, साहित्य लेखनबाट प्रगती होला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य सम्बन्धि समस्याले सताउला,शत्रुपक्ष बलवान् होलान् , चोरी पनि हुनसक्ला, ठेक्कापट्टा तथा चिठ्ठामा नोक्सान होला, सावधानी अपनाउनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवारिक झैझगडाको सामना गर्नुपर्ला, मन अस्थिर रहला, काम बासना बढ्नाले बिपरित लिङ्गीप्रती आकर्षण हुनाले समस्या आउनसक्छ, आजको दिन विवेकले काम लिनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भुमिगत सम्पत्ति प्राप्त होला, ऋण तथा रोगबाट मुक्ति मिल्ला, खुट्टा तथा हातमा पीडा होला, ससुरालीबाट पनि सहयोग हुनसक्छ, आज वायुसम्बन्धी समस्याले सताउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मनमा शितलता तथा हृदयमा उदारता आउला, तिर्थयात्रा तथा अर्थपूर्ण यात्रा गराउला, साहित्य तथा अन्य मनोरञ्जन कार्यमा सहभागी भईएला, समग्रमा आजको दिन राम्रो छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ नयाँ रोजगारका अवसरहरु प्राप्त होलान् , पिताको सहयोगले अधुरा कार्यहरू सम्पन्न होलान्, उच्चपद प्राप्ति तथा ब्यापार व्यवसायमा लाभ होला, आजको दिन महादेवको आराधना गरे राम्रो होला।