बुटवल, साउन ३२ । तिलोत्तमा नगरपालिका ७ भालवारीमा रहेको नेपाल आयल निगमको पश्चिमाञचल डिपो कार्यालयका १०जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहका अनुसार आइतबार कोरोना पुष्टि हुनेमा नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जना छन्।
संक्रमण पुष्टि भए लगत्तै हवाई डिपो र भैरहवा स्थित पेट्रोल पम्प सिल गरिएको छ । आइतबार मात्र तिलोत्तमा नगर क्षेत्रमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।