• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    in
    आज: २०८३ भाद्र ३०, मंगलबार
    होमपेज /  समाचार

    स्थानीय तह धमाधम सिल गरिँदै !

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३१, शनिबार (६ साल अघि)
  • ५२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काभ्रे, साउन ३१ । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएको छ ।

    अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाइएको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले बताए । “होटल–पसल बन्द गरी मानिसको भीडभाड, जमघटमा रोक लगाएका छौँ,” उनले भने । उनका अनुसार सङ्क्रमित वडा नं १२ का वडाध्यक्षको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकालाई शीघ्र पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्न सार्वजनिक अपिल गरिएको छ । नगरले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

    धुलिखेल नगरले भने सदरमुकाम धुलिखेल तथा जिल्लाभर नै कोरोना सङ्क्रमण दर दिनानुदिन बढिरहेको जनाउँदै आजदेखि एक हप्ता नगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ । उसले आफ्नो क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी, भेला तथा चाडपर्व मनाउँदा भौतिक दूरी कायम गरी स्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरेको छ । धुलिखेल नगरमा देखिएको एक ९८ वर्षीय सङ्क्रमित वृद्धको घर बजारमै रहेकाले धुलिखेल बजार सिल गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । हाल वृद्धको घर अवस्थित ७ नं वडास्थित निवास क्षेत्रको ५०० मिटर वरपर सिल गरिएको छ ।

    बिहीबार धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पताल नजीक होटल व्यवसायीलाई कोरोना सङ्क्रमण पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट अवधिभर २०० मिटरको सीमा सिल गरिएको छ । नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने, “सङ्क्रमण फैलिँदै गए नगरको सबै नाका बन्द गर्नुपर्ने हुन्छ ।” धुलिखेल अरनिको राजमागअन्तर्गत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र विपी राजमार्गबाट सिन्धुली तथा पूर्वी तराईका जिल्ला जाने मुख्य नाकासमेत हो ।

    बनेपा नगरले भाइरस सङ्क्रमणबाट जोगिन अत्यन्त सावधान भएर प्रयास गर्दागर्दै नगरभित्र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा भोलि आइतबारदेखि अर्का सूचना जारी नहुँदासम्म बन्द हुने जनाउँदै आज बिहानदेखि नगरभित्र अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न तथा सङ्क्रमणबाट जोगिन स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाउन सूचना जारी गरेको छ । भुम्लु गाउँपालिकाले भने कोरोना भाइरसले आफ्नो क्षेत्रमा समेत प्रभाव पारेको जनाउँदै गाउँपालिका नाकामा सिल गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरेको छ । निस्कनै परे स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाउन अपिल गर्दै यदि सङ्क्रमित भए गाउँपालिकाकै आइसोलेसनमा राखिने जनाएको छ ।

    पाँचखाल नगरले वडा नं १ को एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि नगर तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा अर्को सूचना जारी नहुँदासम्म शुक्रबारदेखि बन्द भएको जनाएको छ । साथै, नगरक्षेत्र सुरक्षित बनाउने विषयमा छलफल भइरहेको ६ नंका वडाध्यक्ष रामशरण दुलालले बताए । उनका अनुसार महिलाको मृत्युपछि दुलाथोकस्थित पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुई दिनदेखि सिल गरिएको छ ।

    काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहले सार्वजनिक सूचनामार्फत सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । “सबैलाई सुरक्षित रहन आग्रह गरिरहेका छौँ, कतै सङ्क्रमणदेखि बस्ती सिलदेखि नाकाबन्दसमेत गर्नुपर्ने हुन्छ”, पनौती नगरप्रमुख भीमप्रसादले भने । उनका अनुसार यसअघि सङ्क्रमणका कारण केही वडा सिल गर्नु परेको थियो । नमोबुद्ध नगरले पनि शुक्रबार एकमा कोरोना सङ्क्रमण देखेपछि सिल गर्ने विषयमा छलफल भइरहको जनायो ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय धुलिखेलले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाको मुख्य बजार क्षेत्रमा कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल तथा भेलाजस्ता कार्यक्रम नगर्न भनेको छ । जिल्लामा बिहीबार एक बिरामीसहित १० मा तथा शुक्रबार तीन नगरका आठमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय तहले धमाधम आफ्नो क्षेत्र सिल गर्न थालेका हुन् ।

    बिहीबार बिरामी र स्वास्थ्यकर्मीलाई कोरोना भएपछि धुलिखेल अस्पताल क्षेत्र सिल गरिएको छ भने अस्पतालमा कार्यरत १२० स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ७० मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । साथै ४१ व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टका अनुसार हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८४५ श्ययाकोे क्वारेन्टिनमा १०२ पुरुष र १६ महिला बसेका छन् । ९१७ पुरुष र १८८ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट ४२० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    समाचार

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑