• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

      २ घण्टा अघि

      पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

      ३ घण्टा अघि

      गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

      ३ घण्टा अघि

      सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

      ३ घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      ४ घण्टा अघि

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      ७ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      ७ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      ७ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      ९ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      ९ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      ९ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      ११ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      १३ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      १३ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १३ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    न्यायाधीश तथा सेवा प्रवाहमा खटिने कर्मचारीलाई नै कोरोना सङ्क्रमण पुष्टि

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३०, शुक्रबार (६ महिना अघि)
  • २२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ, ३० साउन:- उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सर्वोच्च तथा मातहतका अदालतले सेवा थप सङ्कुचन गरेका छन् । स्वास्थ्य मापदण्ड अवलम्बन गरेर लकडाउनपछि नियमित सेवा प्रवाह सुरु भएको तीन सातामै अदालतले पुनः सेवा सङ्कुचन गरेका हुन् ।

    प्रदेश २ मा न्यायाधीश तथा सेवा प्रवाहमा खटिने कर्मचारीलाई नै सङ्क्रमण पुष्टि भइसकेको छ । उपत्यकामा पनि सर्वोच्च अदालतका एक सवारी चालक तथा एक न्यायाधीशका सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भइसकेको छ । अदालतभित्र सङ्क्रमित देखिन थालेपछि नियमित सेवा प्रवाह कटौती गरिएको हो । बुधबार सर्वोच्चका एक न्यायाधीशका सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएपछि बिहीबार बन्दी प्रत्यक्षीकरण र केही निवेदनको मात्र सुनुवाइ भयो । दुई संयुक्त र एक एकल इजलास मात्र सर्वोच्चमा गठन भएका थिए ।सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले सङ्क्रमण जोखिमलाई ध्यानमा राखी दर्ता लगायतका नियमित काम यथावत् रहे पनि सुनुवाइको हकमा सेवा सङ्कुचन गरिएको बताउनुभयो । उहाँले सङ्क्रमण बढेपछि बन्दीका मुद्दा, थुनुवा रहेका निवेदन सुनुवाइ हुने प्रबन्ध गरिएको छ । कोरोनासँग सम्बन्धित अत्यावश्यकबाहेक अन्य नियमित मुद्दाको सुनुवाइ भएको छैन भन्नुभयो ।

    साउन २२ गते नै सर्वोच्चले सेवा सङ्कुचनको निर्णय गरिसकेको छ । निर्णय अनुसार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, रिट निवेदनको दर्ता र सुनुवाइ, अन्तरिम आदेश छलफल, थुनुवा रहेका निवेदनको सुनुवाइ, मिलापत्र तथा मुद्दा फिर्ता र पुनरवलोकन निवेदनको मात्र सुनुवाइ हुनेछ । जसका लागि आवश्यक सुरक्षा सतर्कतासहित जनशक्ति व्यवस्थापन हुनेछ ।यस्तै विशेष अदालतले पनि सेवा प्रवाह सङ्कुचन गरेको छ । विशेषले भदौ १५ गतेसम्म थुनुवा बाहेकका अन्य मुद्दाको पेसी स्थगित गरेको छ । थुनुवा रहेका मुद्दा बाहेकमा पेसी तथा साक्षीको बकपत्रसमेत स्थगन गरिएको छ । दर्ता लगायतका अन्य नियमित सेवा भने यथावत् रहने अदालतले जनाएको छ । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले सरकारले विभिन्न मितिमा गरेका निर्णय, सर्वोच्च अदालतबाट भएका निर्देशन अनुसार सेवा प्रवाह सङ्कुचन गरिएको बताउनुभयो । भदौ १५ गतेसम्मको परिस्थिति आकलन गरेर थुनुवाबाहेक अन्य मुद्दाको पेसी स्थगन गरिएको पाण्डेयले बताउनुभयो ।

    उपत्यकाका अन्य अदालतले पनि सर्वोच्चको निर्देशन अनुसार नै सुरक्षा मापदण्ड अपनाएर अत्यावश्यकबाहेक मुद्दाको सुनुवाइलाई नै प्राथमिकतामा राखेका छन् । अन्य सुनुवाइ, म्याद तथा हदम्यादमा सर्वोच्चको जेठ १५ गतेको फैसला र निर्देशन अनुसार नै हुने जनाइएको छ। बन्दाबन्दी सुरु भएपछि अदालतले सेवा भारी रूपमा कटौती गरेका थिए । पहिलो एक महिनासम्म बन्दीका मुद्दा सुनुवाइ र कोरोनासँग सम्बन्धित मुद्दा मात्र सुनुवाइ गरेको थियो तर नेपाल बार एसोसिएसन लगायतको आग्रहमा अदालतले बयान, बकपत्र, थुनछेक आदेश, पुनरावेदन तथा पुनरवलोकन निवेदनसमेत सुनुवाइ सुरु गरेको थियो । सर्वोच्चले यसअघि गरेको फैसला अनुसार न्यायालयमा विचाराधीन मुद्दामा म्याद तथा हदम्याद भने अब भदौ १५ गतेबाट मात्र प्रारम्भ हुने छ ।गोरखापत्र दैनिकमा खबर छ ।

    • #काेराेना बिशेष

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    समाचार

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    बुटवल दैनिक बिशेष

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२९ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५१० पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८१ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑