काठमाडौं साउन :- ‘आउँदैछौ तपाईको दैलोमा’ भन्ने नारा लिएर देशव्यापी भ्रमणमा निस्किएको न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सीधाकुरा जनतासंगको टोली काठमाडौं फर्किएको छ ।
कोरोना भाइरस संक्रमण जोखिम र बा ढी पहिरोको चुनौतीबीच १ महिना लामो देश दौडाहाबाट दर्जन बढी स्थानमा कार्यक्रम प्रस्तुत गरेको टोलीले काठमाडौं फर्किए लगत्तै पीसीआर टेष्ट गरेको थियो ।
बिहीबार साँझ टोलीका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो । टोलीका सदस्यहरु रवि लामिछाने ,दीपक बोहरा, युवराज कँडेल, विष्णु ढुंगाना,अनिल ढुंगेल र ज्ञानेन्द्र लामिछाने सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
टोलीले काठमाडौं फर्किएपछि बिहीबारको संस्करण काठमाडौंको एक होटलबाट प्रस्तुत गरेको थियो ।