बुटवल, साउन ३० । बुटवल चौराहा स्थित एम्स कलेजको विद्यार्थी समूह संस्था काउन्सिल अफ एम्स स्टुडेन्ट्स (क्यास)ले अनलाईन तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
हाल विश्वमा कोरोना भाइरसले महामारीको उग्र रूप लिदै गएको र सो परिस्थितिमा भीड-भाड साथै कुनै पनि अन्य भेट-घाट कार्यक्रम न गर्न स्थानीय प्रशासनले सूचना जाहिर गरेको हुँदा विश्व प्रख्यात अनलाईन मीटिंग एप जुम बाट अनलाईन तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको कार्यक्रम संयोजक निरा चापागाईंले बताउनु भयो ।
क्याम्पसका प्राध्यापक, पूर्व अध्यक्ष, अभिभावक र विद्यार्थी गरी करिब १००जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा ११जना प्रतिस्पर्धी मध्ये प्रथम स्थानमा बि.बि.एस प्रथम वर्षकी छात्रा जयश्री बराल, द्वितीय स्थानमा कक्षा १२मा अध्यनरत छात्रा सृष्टि गैरे, तृतिय स्थानमा बि.बि.एस प्रथम वर्षकी छात्रा गंगा अर्याल र सान्तवना स्थानमा बि.बि.एस दोस्रो वर्षकी छात्रा जोसना मल्ल रहन सफल भएका छन् भने निर्णायकमा मम्मी डान्स बुटवलकी विजेता एवम् सञ्चारकर्मी कल्पना डुम्रे ज्ञवाली रहनु भएको थियो ।
क्यास का अध्यक्ष राम प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी एम्स एजुकेसन फाउन्डेसनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने र विशिष्ट अतिथी क्याम्पस प्रमुख दिपक ढकाल रहनु भएको थियो, कार्यक्रम संयोजक निरा चापागाईंले उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।