फर्साटिकर, साउन २८ । रुपन्देहिको शुद्धोधन गाउँपालिका वडा न.५ दर्वहवामा रहेको गाउँपालिकाले निर्माण गरेको ग्रीनपार्क क्षेत्रमा आक्रोशित स्थानियले शवको दाहसंस्कार गरेका छन ।
गाउँपालिकाले दर्वहवामा अन्त्यष्टी र छठपुजा स्थल हटाएर धार्मिक र सांस्कृतिक आस्थामाथी प्रहार गर्दै ग्रीनपार्क निर्माण गरेको भन्दै आक्रोशित स्थानीयले केही दिन अघि ग्रीनपार्कको वाल र कम्पाउण्ड तोडफोड गरेका थिए ।
शुद्धोधन ५ केवलपुर निवासी हरिहर थारुको मृत्यु भएपछि स्थानियले दर्वहवा क्षेत्रमा दाहसंस्कार गरेको छन । गाउँपालिकाले अन्य ठाउमा दर्वहवाको विकल्पको रुपमा दाहसंस्कारका लागि तय गरेपनी स्थानियले दर्वहवामा नै हुनुपर्ने बताएका थिए ।
दाहसंस्कारमा नेपाली काङ्ग्रेसका शुद्धोधन सभापति सेरबहादुर काफ्ले, राप्रपाका शुद्धोधन अध्यक्ष पुस्पाराज थारु,जनता समाजवादी पार्टीका नेता पदम बिक,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज पोषराज खनाल, जनमुक्ति पार्टीका नेता निरबहादुर राना लगायत विभिन्न राजनैतिक दलका नेता तथा स्थानियको बाक्लो उपस्थिति रहेको थियो।
विभिन्न राजनैतिक दलका नेताहरुलाई तपाईंहरूले स्थानियलाई उत्तेजित पारेर तोडफोड र दाहसंस्कार गर्न लगायो भन्नेलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्नमा आफुहरुले कुनै स्थानियहरुलाई भड्काएको नभइ उनिहरुको मुद्धा उठान गरेको बताए ।
गाउँपालिकाले यो विषयलाइ गम्भीर रुपमा नलिएपछी आकोशित स्थानीयले तोडफोड र शबको दाहसंस्कार गरेको बताए ।
दर्वहवा क्षेत्रमा गाउँपालिका र प्रदेश सरकारको करोडौ लगानीमा रहेको ग्रीनपार्कमा स्थानियहरु निरन्तर आक्रोशित हुँदै तोडफोड हुँदै शबको दाहसंस्कार गरिरहदा गाउँपालिकाले कस्तो किसिमको कदम चाल्ला यो भने प्रतीक्षाको विषय बनेको छ।