पाल्पा, श्रावण २८ । पाल्पाको तिनाउमा पशुको आहारा बनाउने साईलेज मेसिन् हस्तान्तरण गरिएको छ ।
साईलेज भनेको पशुको आहारा हो, जुन हरियो घाँस टुक्रा पारेर ल्पास्टीकमा प्याकिङ् गरी राखिन्छ र हिउदको सुक्खा समयमा पशुलाई खुवाउने गरीन्छ ।साईलेजमा हरितकण यथावत रहने भएकोले सुक्खा मौषममा पनि पशुलाई पोषण तत्व दिलाउन सकिन्छ ।
नेपाल लाईभस्टक ईनोभेसन आयोजना, विकेन्द्रीत आयोजना सहयोग ईकाई वुटवलले तिनाउ गाउँ पालिकालाई करीब रु ४ लाख पर्ने साईलेज वनाउने मेसिन प्रदान गरेको हो । आयोजना वुटवल ईकाई प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले गाउँ पालिका अध्यक्ष ओम बहादुर घर्ती मगरलाई उक्त मेसिन हस्तान्तरण गर्नु भएको हो ।
अध्यक्ष घर्तीले उक्त मेसिन डुम्रे दुग्ध उत्पादक सहकारी संघ लाई अध्यक्ष दुर्गा बहादुर खाँड मार्फत प्रदान गर्नुभएको हो । दुग्ध उत्पादन जिल्ला सहकारी संघको अध्यक्ष रामजी घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा ओयोजना ईकाई वुटवलको प्रमुख डा. पुरुषोत्तम त्रीपाठी, पशु चिकित्सक लोकराज भूसाल, वडा अध्यक्ष वडा नंं. ६ का टोम बहादुर पुन, गोपाल जि.सी. दुग्ध सहकारी व्यवस्थापक लगाएतले मन्तव्य दिनु भएको थियो । कार्यक्रम संचालन अमर रावत (प्रा.स.) ले गर्नु भएको थियो ।
नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विश्वबैंकको ऋण सहयोगमा संचालित कृषि तथा पशु विकास मन्त्रालय अन्तरगतको राष्ट्रिय स्तरको आयोजना हो ।
२०७४÷०७५ देखि कार्यान्वयन भएको यो आयोजना २८ जिल्लामा लागु भएकोछ । ५ नं. प्रदेशको वुटवलमा विकेन्द्रीत आयोजना सहयोग ईकाई कार्यालय रहेको छ यसले तिनाउ गाउँ पालिका लाई १ करोड ५० लाख वरावरको पशु विकास शाखा कार्यलय भवन निर्माणमा सहयोग गरेको छ । साथै तिनाउ पशुशाखा हेर्ने गरी एक जना पशु प्राविधिक पठाएको छ ।