• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ८ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ८ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ८ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणनाको गृहकार्य

  • बुटवल दैनिक
  • २०७७ श्रावण २८, बुधबार (३ साल अघि)
  • ८७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन २८ । कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी भएको हो । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ का कारण क्षति भएको शैक्षिक सत्रका बारेमा सबै विकल्पका बारेमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

    बन्दाबन्दी हटेपछि आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र त्यसको करीब दुई सातापछि विद्यालय खोल्ने तयारी गरेको सरकारले कोरोना भाइरसको जोखिममा झन् बढ्दो भएपछि हाल सञ्चालित अनलाइनलगायत वैकल्पिक माध्यमको पढाइलाई मान्यता दिने विकल्पलाई रोज्न लागिएको हो तर मुलुकका सबै भूभागमा अनलाइन वा दूर शिक्षाको पहुँच नहुने भएकाले वैकल्पिक प्रणाली प्रभावकारी नभएकाले स्वास्थ्य जोखिम नभएका स्थानमा स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर क्रमशः विद्यालय पुनः सञ्चालन गर्न सकिने प्रस्ताव पनि आएको छ ।

    हाल विद्यालय तहमा कक्षा १२ सम्म करीब ३५ हजार विद्यालय र ८० लाख विद्यार्थी छन् । विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी पाठ्यक्रम प्रारूप २०७६ मा प्रारम्भिक बालविकासमा ५७६ कार्यघण्टा र १८ पाठ्यघण्टा, कक्षा १ देखि ३ सम्ममा ८३२ कार्यघण्टा २६ पाठ्यघण्टा, कक्षा ४ देखि १० सम्म एक हजार २४ कार्यघण्टा ३२ पाठ्यघण्टा पढनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थामा संशोधन या अन्य आवश्यक गृहकार्यका लागि आजको बैठकले परिषद्लाई कार्यादेश दिएको छ ।

    केन्द्रका महानिर्देशक केशव दाहालले निर्देशन प्राप्त भएकाले विज्ञ र आफ्ना सम्बन्धित विभागसँग परामर्श गरी एक साताभित्र विकल्पसहितको सुझाव प्रस्तुत गर्ने बताए । उनले हाल सञ्चालित वैकल्पिक प्रणालीको आरम्भकालदेखिको सिकाइ निरन्तरतालाई जोडेर चालू शैक्षिक सत्रमा समावेश गर्नुपर्ने देखिएको पनि उल्लेख गरे । शिक्षा मन्त्रालयले शैक्षिक सत्रको समय खेर लान नदिन सहसचिव एवं प्रवक्ता दीपक शर्मा नेतृत्वको कार्यदल पनि गठन गरेको छ ।

    नेपाल सरकार, मन्त्रिपरिषद्को यही साउन ५ गतेको बैठकले स्वीकृत जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने निर्णय गरेकामा जोखिम बढेको स्थितिमा मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकबाट भदौ १ को सट्टा भदौ १६ गतेबाट  भन्ने गरी संशोधन भएको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मङ्गलबार जानकारी दिएका थिए  ।

    सरकारले यसअघि शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करीब विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएकाले शिक्षक विद्यालयमा पुगिसकेका थिए ।

    शिक्षा मन्त्रालयले गत जेठ १८ गते जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ मा रेडियो, एफ रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने उल्लेख थियो ।

    कोरोना भइरसले फैलन थालेपछि गत चैत ५ गते पनि शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको सबै तयारी पूरा गरेका बेला कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले परीक्षालगायत सबै शिक्षालय बन्दको निर्णय गरेको थियो ।

    मन्त्रालयले दुई साताअघि  कोभिड–१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्नेबारे जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि तयारी रहन आग्रह गरेको थियो ।

    शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने, २०७७ भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सङ्ख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षक विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने तय गरेको थियो ।

    यसैगरी विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेसनसम्बन्धी कार्य सञ्चालन नगर्ने, क्वारेन्टिन र आइसोलेसनका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययनअध्यापन गर्न योग्य बनाउने, विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय गरिएको थियो ।

    वैकल्पिक सिकाइलाई शैक्षिक सत्रमा हालसम्म गणना नगरिएकाले निजी तथा आवासीय विद्यालयले शुल्क तोक्न र उठाउन नपाइएको गुनासो पनि गर्दै आएका थिए ।

    • #अनलाइन शिक्षा
    • #विज्ञान तथा प्रविधि मन्त्रालय
    • #शिक्षा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑