बुटवल, साउन २८ । कोरोना भाइरसको संक्रमण बढ्दाे भएपछि बुटवल उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ ।
भदौ ५ गतेसम्म लकडाउनकै बीचमा सबै कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने बताउँदै नगरप्रमुख सुवेदीले त्यतिबेलासम्म नसकिए लकडाउनको अवधी थप गर्ने बताए ।
लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ ।
केही दिन यता बुटवल उपमहानगर क्षेत्रमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएका छन् । हालसम्म उपमहानगर क्षेत्रमा ४९ जना संक्रमितहरु भेटिएका छन् । जसमध्ये ३४ जना विभिन्न आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन् ।