काठमाडौं, साउन २८ । बुधबार मात्रै नेपालमा ८ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घन्टामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट निधन हुने व्यक्तिको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ३८ सहित देशभर ४ सय ८४ नयाँ संक्रमित भेटिएका छन् ।
१० हजार ४ सय ८१ नमूना परिक्षण गर्दा काठमाडौं जिल्लामा १ सय ९ जना ललितपुर जिल्लमा २१ जना, भक्तपुर जिल्लामा ८ जना र बाँकी अन्य जिल्लामा गरी ४ सय ८४ संक्रमित फेला परेका छन् ।
आज ६४ जनाले मात्र कोरोना संक्रमणमुक्त भएका छन् । यसरी कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।