काठमाण्डाैं, साउन २८ । सोमबारदेखि बेपत्ता परेका कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।
मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला परेको र शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।
सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेकाे प्रहरी स्रोतले जनाएकाे छ ।
बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।