• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १४, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

      ३६ मिनेट अघि

      गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

      १२ घण्टा अघि

      बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

      १३ घण्टा अघि

      नबज्योती महिला द्वारा उपहार प्रदान

      १४ घण्टा अघि

      बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

      १४ घण्टा अघि

      बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

      १४ घण्टा अघि

      हिन्दु युवा शक्तिले कानुनी रुपमै मान्यता पायाे

      १५ घण्टा अघि

      रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ

      १५ घण्टा अघि

      ३९ औं मगर एकता दिवसको कार्यक्रम तिनसम्म चल्ने

      १५ घण्टा अघि

      मन भित्रको जिन्दगी

      १६ घण्टा अघि

      मिलिजुली महिला उद्यम समुहद्वारा स्टेसनरी उपहार

      १६ घण्टा अघि

      जनता समाजवादी पार्टी शीर्ष नेतासँग प्रचण्ड नेपालको भेटवार्ता

      २० घण्टा अघि

      नेकपा ओली समूहकाे स्थायी कमिटी बैठक स्थगित

      २१ घण्टा अघि

      शिक्षकलाई तलब नदिएकाे भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताल्चा

      २१ घण्टा अघि

      बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था ?– नेता रामजी घिमीरे

      १ दिन अघि
    in
    आज: २०७७ फागुन १४, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    आणविक रसायन “युरेनियम”काे व्यवस्थित गर्न विज्ञको माग

  • बुटवल दैनिक/पत्रपत्रिका
  • २०७७ श्रावण २८, बुधबार (६ महिना अघि)
  • १७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं – साउन २८ : मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित ‘आणविक विज्ञान र समाज’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल न्युक्लियर सोसाइटीका अध्यक्ष डा  कमलकृष्ण श्रेष्ठ, नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा बुद्धराम साह, विज्ञान शिक्षक समाजका केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान, त्रिभुवन विश्व विद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन केन्द्रका प्रा डा निलम श्रेष्ठ प्रधान तथा नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्सका अध्यक्ष हेमन्त खरेलले युनियमको उत्खनन गरी व्यवस्थित प्रयोग गरिनुपर्नेमा जोड दिए ।

    चिकित्सा विज्ञान अध्ययन संस्थान शिक्षण अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा उमेशप्रसाद खनालले स्वास्थ्य संस्थामा रेडियोलोजी विभागमा काम गर्नेहरु जोखिममा रहेको बताए । एक्स रे, भिडियो एक्स रे र सिटिस्क्यान जस्ता यन्त्रको प्रयोग गर्दा अपनाइएको विधिका बारेमा अध्ययन गरिनुपर्ने उनको भनाइ थियो ।

    रसिया साइन्स सोसाइटीका अध्यक्ष एवं पूर्वमन्त्री गणेश साहले रेडियोधर्मी पदार्थलाई व्यवस्थित गर्ने विषय गहन भए पनि नेपालमा यस विषयमा गहन छलफल हुन नसकेकाले आरम्भ गरिएको बताए । आफू विज्ञानमन्त्री भएका बेला सन् २००८ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत रहेको इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी सदस्य भएर विश्व समुदायसँग जोडिएको उनले जानकारी दिए ।

    सन् १९४५ को अगस्ट ६ र ९ मा जापानका दुई शहर हिरोसिमा तथा नागासाकीमा भएको आणविक बम बिस्फोटबाट भएको जनधनको सम्झनामा आयोजित  कार्यक्रममा विज्ञान शिक्षक समाज र नेपाल साइन्स ओलम्पियाडको समेत सहकार्य एवं नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्कको प्राविधिक सहयोग रहेको सोसाइटीका महासचिव सुरेश भट्टराईले जानकारी दिए ।

    जापानका ती शहरमा आणविक बम आक्रमणपछि मानव, वनस्पतिको जीवन दुर्लभ भएकाले आणविक पदार्थलाई व्यवस्थित गरिनुपर्ने विज्ञको भनाइ थियो ।

    विश्वमा आणविक विज्ञानमा लगानी बढे पनि नेपालको ध्यान जान नसकेको, हालै रेडियोधर्मी पदार्थलाई व्यवस्थित गर्ने सम्बन्धी कानून बने पनि यसबाट हुने क्षतिका बारेमा पर्याप्त जानकारी नरहेकामा विज्ञहरुले जोड दिएका थिए । विद्यालय तथा विश्वविद्यालय तहमा आणविक विज्ञानसम्बन्धी पाठ्यपुस्तक र पाठ्यक्रम वा पाठ्यांशसमेत पर्याप्त नभएको उनीहरुको भनाइ थियो ।

    आणविक विज्ञानसम्बन्धी अनुसन्धान तथा व्यावसायिक गतिविधिमा नेपालको संलग्नता र यसले नेपाली समाजको आर्थिक, सामाजिक विकासमा पर्ने सकारात्मक प्रभावको बारेमा विज्ञहरूले प्रकाश पारेका थिए।

    • #युरेनियम

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बरेङमा सामुदायिक औसधि कार्यक्रम : स्वास्थ्य संस्थामै सुलभ दरमा औसधि

    बिद्यालयमा बालबालिकालाई सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा किट बाकस

    समाचार

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी

    गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नबज्योती महिला द्वारा उपहार प्रदान

    बुटवल दैनिक बिशेष

    बुटवलमा ट्याक्टर र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु

    नेपाल-दाहाल नेकपाद्वारा बुटवलमा विजयी उत्सव

    स्वतन्त्र पत्रकार संघ रुपन्देहीको चौथो अधिवेशन फागुन १४ मा हुदै

    कञ्चन जेसिजले गर्यो ६० युनिट रगत संकलन

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६२१ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२१ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२१ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २४८९ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४८३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४६५ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑