• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

  • बुटवल दैनिक
  • २०७७ श्रावण २६, सोमबार (३ साल अघि)
  • ५१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बाग्लुङ, साउन २६ : मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ ।

    गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ । जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन । साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन् । “गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?”, जीप चालक राजेन्द्र विकले भने । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उनको भनाइ छ ।

    यस वर्षायाममा सडक झन बिग्रिएको उनले बताए । लगातारको वर्षाले जमिन गलेपछि सडक भाँसिएको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारीले सुनाए । “ठाउँठाउँमा पहिरा खस्ने र सडक भाँसिने भएपछि लोकमार्ग जोखिमयुक्त बनेको छ ।” नगरपालिकाका प्रवक्तासमेत रहेका उनले भने ।

    तत्काललाई पहिरा पन्छाएर यातायात सञ्चालन गर्ने गरिएपछि दीर्घकालीनरुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । “राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न ।” अध्यक्ष भण्डारीले गुनासो गरे ।

    नाली सफाइ नहुँदा बढी समस्या निम्तिएको उनको भनाइ छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् । सामान्य मर्मत सम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ ।

    सडक भाँसिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाले जनाएको छ । “सामान्य पटके मर्मतले हुने अवस्था छैन, पुनः ठेक्का गरेर बृहत् मर्मत सुधार गर्नुपर्छ ।” आयोजनाका इञ्जिनीयर उज्जवल शर्माले भन्नुभयो । आउँदो हिउँदमा काम अगाडि बढ्ने उनको भनाइ छ । घोडाबाँधे–हटिया खण्डको पूरै सडक पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको इञ्जिनीयर शर्माले बताए । “सडक धेरै ठाउँमा बिग्रेको छ, फेरि ठेक्कामार्फत काम गर्नुपर्छ ।” उनले भने, “आयोजनाले विभागमा बजेट माग गरेको छ, छिट्टै काम शुरु हुन्छ ।”

    उक्त खण्डमा शुरुदेखि नै पहिराले सडक बिगारेको इञ्जिनीयर शर्माले उल्लेख गरे । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले पनि सडक भाँसिने, पहिरा जानेजस्ता समस्या निम्तने गरेको उनको भनाइ छ । लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा शुरुमा कालोपत्र भएको थियो । बागलुङ बजारदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक अझै कच्ची छ । हटियादेखि पश्चिम अधिकांश खण्डमा पनि कालोपत्र सडक छ ।

    मार्ग खुलको दुई दशक बित्दासमेत लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड कालोपत्र हुन सकेको छैन । पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले सडक कालोपत्र गर्न सकेको छैन । सदरमुकामसँगै जोडिएको सडक दूरावस्थामा छ ।

    • #पुष्पलाल लोकमार्ग
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑