गुल्मी, २५ साउन
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मदाने गाउँपालिका वडा न १ अग्लुङ्गका एक युवाको मृत्यु भएको हो ।
शनिबार बेलुका आएको भिषण वर्षा सँगै चट्याङ लाग्दा मानविय क्षति सँगै अन्य क्षति भएको बताइएको छ । अग्लुङ्ग खोप्चा निवासि करिब ३५ बर्षिय कमल भण्डारी बेलुका आफ्नै घरमा रहेको बेला ठुलो चट्याङका कारण ज्यान गएको हो ।
यस सँगै बेलुका आएको भिषण वर्षा र चट्याङका कारण अन्य विद्धुतिय क्षति समेत भएको छ । स्मरण रहोस अघिल्लो बर्ष पनि अग्लुङ्ग ओख्लेदहमा चट्याङका कारण एकको मृत्यु भएको थियो । यसरी प्रत्येक साल चट्याङ लागेर मानविय क्षति भैरहेको छ । प्राय घरहरुमा विद्दुत अर्थिङ नगर्दा चट्याङ पर्दा ज्यान जोखिममा परिरहेको छ ।