• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २८, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    in
    आज: २०८३ भाद्र २८, आईतबार
    होमपेज /  समाचार

    निरन्तर हावाहुरीले गर्दा पाँचथरमा मकैका बोट सोत्तर

  • बुटवल दैनिक
  • २०७७ श्रावण २५, आईतबार (६ साल अघि)
  • ११०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    पाँचथर – साउन २५ : तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् ।

    हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा वडा नं २ र ७ का केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको हो । गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार गत २१ गते आएको हावाहुरीले सबैभन्दा वढी क्षति पु¥याएको हो ।

    “तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उनले भने, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन् ।” हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पु¥याएको उनले जानकारी दिए । गाउँपालिकाले प्राविधिक र सुरक्षाकर्मीसमेत लिएर अनुगमन थालेको उनले बताए ।

    हावाहुरीबाट अत्यधिक क्षति पुगेको फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुसार जुँगा च्याप्ने तथा घोगो लगाउने अवस्थाका मकै भाचिँदा ठूलो क्षति पुगेको हो । यहाँको उच्च पहाडी क्षेत्रमा असोज, कात्तिक महिनामा मात्रै मकै पाक्दछ । “सधैँ पनि हावाहुरीले सामान्य क्षति पु¥याउँथ्यो”, उनले भने, “यस वर्ष निरन्तर वर्षा भयो । वर्षा रोकिनासाथ तीन दिनसम्म हावाहुरी चल्दा मकै भाचिँएर, लडेर कामै नलाग्ने अवस्थामा पुग्यो ।” ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको जनाइएको छ ।

    “सबैभन्दा लेकमा बढी क्षति भएको छ । वडा नं ४, ५ र ६ मा बढी क्षति पुगेको छ”, वडाध्यक्ष सावदेनले भने, “हामीले क्षतिको यथार्थ विवरण सङ्कलन गरिरहेका छौँ ।” गाउँपालिकाभरिमा करिब एक हजार २०० परिवारको मकैखेतीमा हावाहुरीले क्षति पु¥याएको अनुमान गरिएको उनको भनाइ छ । उच्च पहाडी क्षेत्रमा खाद्य बालीमध्ये आलुपछि मकै जीविकोपार्जनको मुख्य स्रोत हो । तर फल्न लागेको मकै हावाहुरीले सखाप पारेपछि किसान निराश बनेका छन् । “केही न केही राहत दिनुप¥यो भन्ने किसानको माग छ”, उनले भने, “गाउँपालिकाको स्रोतले मात्रै राहत दिन सकिने अवस्था छैन ।”

    गाउँपालिका अध्यक्ष केरुङ किसानले राहत माग्न थालेको बताँछन् । “लेकमा न धान, कोदो फल्छ न अरु अन्न बाली नै”, उनले भने, “भएको मकैमा पनि क्षति पुगेपछि किसानलाई समस्या पर्ने नै भयो ।” हावाहुरीबाट मकैखेतीमा पुगेको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको जनाउँदै गाउँपालिका अध्यक्ष केरुङले राहतका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिए ।

    उच्च पहाडी क्षेत्रमा माघ तथा फागुन महिनामा मकै रोप्ने गरिन्छ भने उक्त मकै असोज र कात्तिकमा मात्रै पाक्दछ । यहाँ ग्रामीण क्षेत्रमा मकै अत्यधिक खपत हुने गर्दछ । स्थानीयस्तरमा उत्पादित मकै खानाका साथै स्थानीय मदिरा उत्पादनमा समेत प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने किसानले पशुको आहाराको रूपमा समेत मकैको प्रयोग बढाउँदै लगेका छन् । हावाहुरीले मकैखेतीमा ठूलो क्षति पु¥याएपछि फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् ।

    • #मकैका बोट
    • #सोत्तर
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    समाचार

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑