बागलुङ – साउन २५ : नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिका सदस्य तथा बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा संघिय सांसद देवेन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विकल्प नरहेको र पार्टिलाई एकतावद्ध ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए । पौडेलले केन्द्रमा केहि समस्या भएपनि पार्टी नछुट्ने र पार्टी एकतावद्ध ढङ्गले अगाडि वढ्ने बताए । त्यस्तै कोरोना नियनत्रणको लागि सबै एकजुट भएर लाग्नुपर्ने, सजगता अपनाउनुपर्ने र वर्षायामका कारण विपदमा परेकालाई राहात उद्दारमा लाग्नुपर्ने उल्लेख गरे ।
पौडेलले गलकोट नगरपालिकामा प्रशासनिक एकाई खोल्नको लागि पहल गर्ने र छिट्टै स्थापना गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । भेलामा नेपाल कम्युनिष्ट पार्टि नेकपाको केन्द्रिय सदस्य तथा वागलुङ जिल्लाका ईन्चार्ज वलावति शर्मा, नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला सदस्य विर वहादुर नेपालि, नेपाल कम्युनिष्ट पार्टि नेकपा वागलुङ नगर सचिव डम्मर वहादुर श्रीस, नेपाल कम्युनिष्ट पार्टि नेकपा गलकोट नगरपालिकाका सचिवालय सदस्य रुपा विक, नगर सचिवालय सदस्य नर वहादुर घर्ती, कविराज नेपालि, श्याम श्रीस, झविलाल चालिसे लगायतले मन्तव्य राखेका थिए ।
भेलाले रेशम नेपालीको अध्यक्षतामा २९ सदस्यिय राष्ट्रिय युवा संघ नेपाल टोल कमिटि गठन गरेको छ । टोल कमिटिको उपाध्यक्षमा चुडा वहादुर नेपाली, सचिवमा लवसन नेपाली, कोषाध्यक्षमा मञ्जु सावत, सह सचिव चक्र वहादुर विक र अन्य सदस्यहरु रहेका छन् ।
भेला नेपाल कम्युनिष्ट पार्टि नेकपा वडा कमिटिका अध्यक्ष श्याम लाल विकको अध्यक्षता, टोल कमिटि अध्यक्ष रञ्जित नेपालिको स्वागत तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य दान वहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।