वि.सं. २०७७ साउन २४ शनिवार
इ.स. २०२० अगस्ट ८। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। पञ्चमी,
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ। उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। आशा देखाउनेहरूको भर पर्दा पछि परिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।