साउन २४, काठमाण्डौ ।
दुबईबाट आउँदै गरेको एयर इंडियाको विमान केरलाको कोझिकोड एयरपोर्टको रनवेमा पल्टिदा दुई टुक्रा भएको थियाे ।
दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ ।
भारी वर्षा र कम दृश्यताका कारण रनवे बाट जहाज चिप्लिदा स्थानिय समय हिजाे साँझ करीब ७-४५बजे कर्रिपुर एयरपोर्टमा दुर्घटना भएको थियाे ।
केरलाका मुख्य मन्त्री पिनरयी विजयनका अनुसार सम्पूर्ण यात्रुहरु लाई उद्धार गरी सकेको र नजिकैको अस्पतालमा उपचार भई रहेको बताउनु भयो ।