• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ११, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ११, आईतबार
    होमपेज /  समाचार

    “सरकारको प्रभावकारी कदमका कारण अनुमान गरेजस्तो सङ्क्रमित बढेनन्” – प्रवक्ता गौतम

  • बुटवल दैनिक
  • २०७७ श्रावण २३, शुक्रबार (६ साल अघि)
  • १८१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन २३ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुनसक्ने आँकलन गरेको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सरकारले खेलेको प्रभावकारी कदमका कारण त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पाएनन् । आजको दिनसम्म छ हजार ३३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्घ, प्रदेश र स्थानीय तह तथा आम नागरिकले कोभिड– १९ नियन्त्रण गर्न खोलेको प्रभावकारी कदमकै कारणले अनुमान गरिएको सक्रिय सङ्क्रमितलाई सीमितमा राख्न सकिएको बताए ।

    सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र गठन गरेको छ । सङ्घमा एउटा र प्रत्येक जिल्लामा जिल्लास्तरीय केन्द्र गठन भएको छ । त्यो केन्द्र पनि कोभिड– १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

    यस्तै नेपालमा चैत ११ गते बन्दाबन्दी, सरकारको प्रभावकारी कदम, स्थानीय तह गर्दा अनुमान गरेजस्तो सङ्क्रमित बढ्न नपाएका हुन् । साउन ६ गतेसम्म भएको बन्दाबन्दीमा नागरिकले घरभित्र बसेर कोभिड– १९ को रोकथाम र नियन्त्रणमा भूमिका खेलेका थिए ।

    यस्तै स्थानीय तहले विदेशबाट आउने मानिसको तथ्याङ्क सङ्कलन गरेर क्वारेन्टिन निर्माण गरी उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेका थिए । त्यसले पनि रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबैको सहयोगले प्रक्षेपण गरिएको भन्दा कम सङ्क्रमित रहेको बताए ।

    “हामीले सोचेभन्दा कम सङ्क्रमित रहेका छन् । तर कम सङ्क्रमित भयो भन्दैमा हामी जोखिम हटेको भन्न मिल्दैन”, उनले भने, “हामी जोखिममा नै छौँ । कोभिड– १९ रोकथाम र नियन्त्रण गर्न अझै प्रभावकारी कदम चाल्नुपर्दछ ।”

    सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि देशभरमा २५ कोभिड– १९ अस्पताल ‘डेडिकेटड’ र ११५ कोभिड– १९ क्लिनिक सञ्चालन गरेको थियो ।

    नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । नेपालमा पहिलो सङ्क्रमितको कोभिड– १९ को पुनःपरीक्षण गर्न विदेश लगिएको थियो ।

    त्यतिबेला नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामात्र कोभिड– १९ को सङ्क्रमण परीक्षण गरिन्थ्यो । अहिले नेपालमा ३७ प्रयोगशालाबाट कोभिड– १९ को परीक्षण गरिन्छ । ती प्रयोगशालामा दैनिक २२ हजार पिसिआर परीक्षण गर्ने क्षमता छ ।

    मन्त्रालयले सम्भावित सङ्क्रमण बढ्नलाई मध्यनजर गर्दै २५ केन्द्र अस्पताल र २० शिक्षण अस्पतालले तुरुन्तै परिचालन गर्नसक्ने गरी विशेषज्ञसहितको टिम तयार पारेको र आवश्यकताअनुसार परिचालनसमेत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

    कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सातवटै प्रदेशमा सात हजार श्यया निर्माण गर्नका लागि रु ३८ करोड निकासा गरिसकेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार प्रदेश नं २ र ५ नम्बरका लागि रु सात÷सात करोड, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई रु छ÷छ करोड तथा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशलाई रु चार÷चार करोड बजेट निकासा गरिसकेको छ । मन्त्रालयले गम्भीर प्रकृतिका एक हजार ५०० सङ्क्रमितका लागि सघन उपचार कक्ष र औषधिको व्यवस्थासमेत गरेको छ ।

    यस्तै दुई महिनासम्मका लागि परीक्षण गर्ने किट प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा कवच ९पिपिइ०कोसमेत व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकरी दिए ।

    एक हजार ७५ टिम परिचालन

    यसैगरी हरेक स्थानीय तहमा सङ्क्रमित व्यक्तिको खोज गर्नका लागि टिम गठन गरेको छ । मन्त्रालयले कन्ट्याक्ट टे«सिङका लागि एक हजार ७५ टिम स्थानीय तहमा गठन गरेको छ । उनका अनुसार सङ्क्रमित व्यक्तिको पत्ता लगाउन गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टिम गठन गरिएको छ । ती टिममा विशेषज्ञसहित तीन जना स्वास्थ्यकर्मीको हुनेछन् ।

    यसैगरी मन्त्रालयले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । अहिलेसम्म दुई हजार ६०० सघन उपचार कक्ष र ९०० भेन्टिलेटर निर्माण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले थप २५० सघन उपचार कक्ष र भेन्टिलेटर निर्माण गरिएको तथा २४० सघन उपचार कक्ष निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

    उनले सङ्क्रमित बढिरहेकाले लक्षण भएका सङ्क्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने बताए । लक्षण नभएका ६० वर्ष मुनिका व्यक्तिलाई अस्पतालमा भर्ना नगरी घरमै आइसोलेशनमा राखिने बताए ।

    अहिलेसम्म ३७ प्रयोगशालाबाट चार लाख २७ हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएका छन् । अहिलेसम्म २२ हजार २१४ जनामा सङ्क्रमण, छ हजार ३३० सक्रिय सङ्क्रमित र १५ हजार ८१४ जना निको भएर घर फर्किसकेका छन् । निको हुने दर ७१.२ प्रतिशत रहेको छ  भने ७० जनाको कोभिड– १९ का कारणले मृत्यु भइसकेको छ ।

    • #कोभिड–१९
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑