• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  समाचार

    ब्राह्मणका छोरा लिम्बू भाषाका शिक्षक

  • बुटवल दैनिक
  • २०७७ श्रावण २३, शुक्रबार (६ साल अघि)
  • ८११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    इलाम, साउन २३ ।

    फेसबुकमा पछ्याउनुहोस्

    इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा) लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उनलाई हेर्छन् ।

    कोही भने ‘यस्तो पनि हुन्छ र भनेर’ उल्टो प्रतिप्रश्न तेस्र्याउँछन् । कसैले भने, ‘यो भाषा पढ्नुको साटो फरेन ल्याङग्वेज पढेको भए हुन्थ्यो नि’ भन्दै सुझाव दिन्छन् । उकाचा यस्ता प्रश्नको सामाना गर्न तयार छन् ।

    उनीमाथि बारम्बार प्रश्न आउनुका कारण उकाचा सोयाङकै पूर्णज्योति माध्यमिक विद्यालयको लिम्बू (याक्थुनपान) भाषाको कुनै बेला शिक्षक थिए । अहिले उकाचाले भाषा पढाउन छाडेको दुई वर्ष भयो तर आफ्नो परिचय लिम्बू भाषाको शिक्षक भनेरै दिन रुचाउछन् र चिन्नेले पनि उकाचालाई यही परिचयले चिन्छन् ।  अहिले उकाचा त्यही विद्यालयमा अङ्ग्रेजी विषय पढाए पनि लिम्बू समुदायले पनि भाषाका बारेमा प्रश्न सोध्न उकाचाकै आउँछन् । किनकि उकाचा लिम्बू भाषामा ‘पोख्त’ रहेका छन् ।

    यसरी सिक्नुभयो लिम्बू भाषा 
    उकाचा लिम्बू जातको बाहुल्य रहेको गाउँमा हुर्किए । त्यसैले लिम्बू भाषा सिक्न टाढा जानु परेन । सानै उमेरदेखि नै लिम्बू भाषा सिक्नुपर्छ भन्ने थियो भाषा सिक्न निकै मिहेनत गर्नुपर्यो । सँगै बसेका साथीभाइले गरेको संवाद बुझे पनि फर्काउन नजान्दा मन खिन्न हुन्थ्यो । तिनै साथीभाइको सङ्गत र उनीहरुसँगको भाषा अभ्यासले उकाचालाई पनि ‘लिम्बू भाषी’ बनायो ।

    “१०/११ वर्षकै उमेरमा भाषा त बुझ्थे तर फर्काउन सक्दिनथे”, उकाचाले विगत सम्झिए, “सँगै बस्दा उनीहरुको कुरा बुझ्ने तर फर्काउन नआउँदा कस्तो कस्तो लग्थ्यो, मलाई के भन्ठान्लान् जस्तो लाग्थ्यो ।” त्यही क्रममा उनले लिम्बू भाषामा बात फर्काउनसमेत सिेक । उकाचा भाषा बोल्न मात्रै होइन लिपिमा पनि पोख्त हुनाका कारण अलि बेग्लै छ । जब ०६२/६३ को आन्दोलनपछि भाषा र संस्कृतिका विषय साह्रै धेरै उठेर आयो । आ–आफ्ना भाषा, धर्म र संस्कृति जोगाउनका लागि भन्दै गाउँगाउँबाटै आवाज उठ्न थाले ।

    उकाचाकै गाउँमा पनि यसको प्रभाव प¥यो । भाषा जोगाउनका लागि आवाज उठ्दै गर्दा उकाचालाई चाहिँ भाषा भनेको जाति विशेषको मात्रै होइन सबैको हो भन्ने लग्यो । “हाम्रो भाषा मासिने भयो भनेर चिन्तामा हुँदा मलाई भाषा त सबैको हो नि जस्तो लाग्थ्यो”, उनले भने ।

    यही परिवेशले उकाचालाई भाषाको ‘भोक’ले समात्यो । उनी भाषा बोलेर मात्रै बच्दैन लिपि पनि जान्नुपर्छ भन्ने चेत खुलेपछि लिपि सिक्नका लागि घरबाट निस्किए । “धेरैतिर खोजे लिपि पढाउने विद्यालय भेटिन, इलाम नगरपालिकाकै बिब्ल्याँटेमा चाहिँ एक जनासँग सिकेँ”, उकाचाले भने ।

    भाषा बोल्न जानेका उनलाई लिपि सिक्न आफूले सोचेजस्तो गाह्रो भएन । लिपि जानेपछि उनी गाउँ फर्किए । गाउँ फर्किएर लिम्बू भाषा जानेकैलाई लिपिका बारेमा बुझ्दा धेरैलाई लिपिको भने ज्ञान नभएको पाए । “मैले भाषा बोल्ने केहीलाई लिपिका बारेमा सोधे तर थाहा रहेनछ”, उकाचाले सुनाए, “कतिपय शब्दको अर्थसमेत थाहा नभएको पाएँ ।”

    उकाचाका बुबा पण्डित भए पनि छरछिमेको सङ्गतले उनलाई पनि भाषाको धेरथोर ज्ञान थियो । परिवारका सबै सदस्यले लिम्बू भाषा जानकार भएकाले उनले विद्यालयमा पढाउन जान अप्ठ्यारो पर्ने कुरा रहेन । यता विद्यालयमा बहुसङ्ख्यक विद्यार्थी लिम्बू समुदायका भएकाले भाषा पढाउन माग बढ्न थाल्यो । पढाउनका लागि  लिपिसमेत जान्ने व्यक्ति आवश्यक पर्ने भएकाले विद्यालयको पहिलो रोजाइमा उकाचा नै परे । उनले कक्षा ५ सम्म लिम्बू भाषा पढाउँछन् । “अन्य शिक्षकशिक्षिककाले भन्दा फरक तरिकाले म भाषा पढाउँछु, विद्यार्थी पनि पढ्न झुम्मिन्छन्”, उकाचाले भने, “गीतको शैलीमा लिपि घोकाउने गरेको छुँ ।”

    भाषा जाने पनि आफ्नो मातृभाषा अर्कै भएकाले बोल्ने ‘टोन’ भने भिन्न भएकाले पढाउन गाह्रो भएको उनको भनाइ छ । संस्कृति र धर्म एउटा जात विशेषको मात्र हुँदैन भन्ने बुझ्नुभएका उकाचा लिम्बू भाषा पढाउन पाएकामा गर्व महसुस हुने गरेको बताउँछन् । अरूले ‘ब्राह्मणको छोरो भाषा पढाउने’ भन्दै कुरा गरे पनि आफूलाई समस्या नहुने गरेको उकाचा सुनाउँछन् ।

    जागरण अभियानमा लिम्बू भाषा 
    केही वर्षअघि विद्यालयमा ‘लिम्बू भाषा जागरण अभियान’ कार्यक्रम चलिरहेको थियो । करीब एक सय मानिसको भेला भएका ठाउँमा लिम्बू समुदायकै मानिस बढी थिए । भेलामा कतिले नेपाली भाषामै भाषण गर्दै थिए भने कतिले लिम्बू भाषामा । स्टेजमा रहेका एक्ला उकाचा मात्रै ब्राह्मण समुदायका थिए ।

    • #शिक्षक
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑