• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन १९, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      ४३ मिनेट अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      ५९ मिनेट अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १ घण्टा अघि

      नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

      १ घण्टा अघि

      बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

      १ घण्टा अघि

      पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

      १३ घण्टा अघि

      रिडर्स पब्लिक स्कुलमा नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थी सम्मान।

      १४ घण्टा अघि

      किन सर्यो ज्योति लाइफको आइपिओ निष्कासन मिति ?

      १५ घण्टा अघि

      प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ८५ जना सांसद, को – को छन् त सांसदहरु हेर्नुहोस्

      १५ घण्टा अघि

      प्रधानमन्त्री ओलीद्वारा झापामा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

      १५ घण्टा अघि

      पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक

      १५ घण्टा अघि

      नागेश्वर मन्दिरमा शिवरात्रीका लागि प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

      १६ घण्टा अघि

      पाथरपानी महिला उद्दमद्वारा एक होर्नियाको बिरामी विद्यार्थिलाई सहयोग प्रदान

      १६ घण्टा अघि

      बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

      २१ घण्टा अघि

      सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

      २१ घण्टा अघि
    in
    आज: २०७७ फागुन १९, बुधबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / समाचार

    ब्राह्मणका छोरा लिम्बू भाषाका शिक्षक

  • बुटवल दैनिक
  • २०७७ श्रावण २३, शुक्रबार (६ महिना अघि)
  • १८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    इलाम, साउन २३ ।

    इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा) लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उनलाई हेर्छन् ।

    कोही भने ‘यस्तो पनि हुन्छ र भनेर’ उल्टो प्रतिप्रश्न तेस्र्याउँछन् । कसैले भने, ‘यो भाषा पढ्नुको साटो फरेन ल्याङग्वेज पढेको भए हुन्थ्यो नि’ भन्दै सुझाव दिन्छन् । उकाचा यस्ता प्रश्नको सामाना गर्न तयार छन् ।

    उनीमाथि बारम्बार प्रश्न आउनुका कारण उकाचा सोयाङकै पूर्णज्योति माध्यमिक विद्यालयको लिम्बू (याक्थुनपान) भाषाको कुनै बेला शिक्षक थिए । अहिले उकाचाले भाषा पढाउन छाडेको दुई वर्ष भयो तर आफ्नो परिचय लिम्बू भाषाको शिक्षक भनेरै दिन रुचाउछन् र चिन्नेले पनि उकाचालाई यही परिचयले चिन्छन् ।  अहिले उकाचा त्यही विद्यालयमा अङ्ग्रेजी विषय पढाए पनि लिम्बू समुदायले पनि भाषाका बारेमा प्रश्न सोध्न उकाचाकै आउँछन् । किनकि उकाचा लिम्बू भाषामा ‘पोख्त’ रहेका छन् ।

    यसरी सिक्नुभयो लिम्बू भाषा 
    उकाचा लिम्बू जातको बाहुल्य रहेको गाउँमा हुर्किए । त्यसैले लिम्बू भाषा सिक्न टाढा जानु परेन । सानै उमेरदेखि नै लिम्बू भाषा सिक्नुपर्छ भन्ने थियो भाषा सिक्न निकै मिहेनत गर्नुपर्यो । सँगै बसेका साथीभाइले गरेको संवाद बुझे पनि फर्काउन नजान्दा मन खिन्न हुन्थ्यो । तिनै साथीभाइको सङ्गत र उनीहरुसँगको भाषा अभ्यासले उकाचालाई पनि ‘लिम्बू भाषी’ बनायो ।

    “१०/११ वर्षकै उमेरमा भाषा त बुझ्थे तर फर्काउन सक्दिनथे”, उकाचाले विगत सम्झिए, “सँगै बस्दा उनीहरुको कुरा बुझ्ने तर फर्काउन नआउँदा कस्तो कस्तो लग्थ्यो, मलाई के भन्ठान्लान् जस्तो लाग्थ्यो ।” त्यही क्रममा उनले लिम्बू भाषामा बात फर्काउनसमेत सिेक । उकाचा भाषा बोल्न मात्रै होइन लिपिमा पनि पोख्त हुनाका कारण अलि बेग्लै छ । जब ०६२/६३ को आन्दोलनपछि भाषा र संस्कृतिका विषय साह्रै धेरै उठेर आयो । आ–आफ्ना भाषा, धर्म र संस्कृति जोगाउनका लागि भन्दै गाउँगाउँबाटै आवाज उठ्न थाले ।

    उकाचाकै गाउँमा पनि यसको प्रभाव प¥यो । भाषा जोगाउनका लागि आवाज उठ्दै गर्दा उकाचालाई चाहिँ भाषा भनेको जाति विशेषको मात्रै होइन सबैको हो भन्ने लग्यो । “हाम्रो भाषा मासिने भयो भनेर चिन्तामा हुँदा मलाई भाषा त सबैको हो नि जस्तो लाग्थ्यो”, उनले भने ।

    यही परिवेशले उकाचालाई भाषाको ‘भोक’ले समात्यो । उनी भाषा बोलेर मात्रै बच्दैन लिपि पनि जान्नुपर्छ भन्ने चेत खुलेपछि लिपि सिक्नका लागि घरबाट निस्किए । “धेरैतिर खोजे लिपि पढाउने विद्यालय भेटिन, इलाम नगरपालिकाकै बिब्ल्याँटेमा चाहिँ एक जनासँग सिकेँ”, उकाचाले भने ।

    भाषा बोल्न जानेका उनलाई लिपि सिक्न आफूले सोचेजस्तो गाह्रो भएन । लिपि जानेपछि उनी गाउँ फर्किए । गाउँ फर्किएर लिम्बू भाषा जानेकैलाई लिपिका बारेमा बुझ्दा धेरैलाई लिपिको भने ज्ञान नभएको पाए । “मैले भाषा बोल्ने केहीलाई लिपिका बारेमा सोधे तर थाहा रहेनछ”, उकाचाले सुनाए, “कतिपय शब्दको अर्थसमेत थाहा नभएको पाएँ ।”

    उकाचाका बुबा पण्डित भए पनि छरछिमेको सङ्गतले उनलाई पनि भाषाको धेरथोर ज्ञान थियो । परिवारका सबै सदस्यले लिम्बू भाषा जानकार भएकाले उनले विद्यालयमा पढाउन जान अप्ठ्यारो पर्ने कुरा रहेन । यता विद्यालयमा बहुसङ्ख्यक विद्यार्थी लिम्बू समुदायका भएकाले भाषा पढाउन माग बढ्न थाल्यो । पढाउनका लागि  लिपिसमेत जान्ने व्यक्ति आवश्यक पर्ने भएकाले विद्यालयको पहिलो रोजाइमा उकाचा नै परे । उनले कक्षा ५ सम्म लिम्बू भाषा पढाउँछन् । “अन्य शिक्षकशिक्षिककाले भन्दा फरक तरिकाले म भाषा पढाउँछु, विद्यार्थी पनि पढ्न झुम्मिन्छन्”, उकाचाले भने, “गीतको शैलीमा लिपि घोकाउने गरेको छुँ ।”

    भाषा जाने पनि आफ्नो मातृभाषा अर्कै भएकाले बोल्ने ‘टोन’ भने भिन्न भएकाले पढाउन गाह्रो भएको उनको भनाइ छ । संस्कृति र धर्म एउटा जात विशेषको मात्र हुँदैन भन्ने बुझ्नुभएका उकाचा लिम्बू भाषा पढाउन पाएकामा गर्व महसुस हुने गरेको बताउँछन् । अरूले ‘ब्राह्मणको छोरो भाषा पढाउने’ भन्दै कुरा गरे पनि आफूलाई समस्या नहुने गरेको उकाचा सुनाउँछन् ।

    जागरण अभियानमा लिम्बू भाषा 
    केही वर्षअघि विद्यालयमा ‘लिम्बू भाषा जागरण अभियान’ कार्यक्रम चलिरहेको थियो । करीब एक सय मानिसको भेला भएका ठाउँमा लिम्बू समुदायकै मानिस बढी थिए । भेलामा कतिले नेपाली भाषामै भाषण गर्दै थिए भने कतिले लिम्बू भाषामा । स्टेजमा रहेका एक्ला उकाचा मात्रै ब्राह्मण समुदायका थिए ।

    • #शिक्षक

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

    आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

    सडक पार गर्दै गरेकी छात्राको मृत्यु

    नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    पाल्हिनन्दनकाे लाेहराैलीमा श्री श्री १०८ श्री रुद्र महायज्ञ २०७७ काे कलश यात्रा सम्पन्न ।।

    समाचार

    शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

    आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

    सडक पार गर्दै गरेकी छात्राको मृत्यु

    नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

    बुटवल दैनिक बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई अगाडी बढाउदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४२ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६२७ पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५०६ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४७८ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑