• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

    in
    आज: २०८३ भाद्र २७, शनिबार
    होमपेज /  समाचार

    बाँके नरैनापुरका गाउँ डुबानमा

  • बुटवल दैनिक
  • २०७७ श्रावण २३, शुक्रबार (६ साल अघि)
  • ५२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बाँके, साउन २३ ।

    फेसबुकमा पछ्याउनुहोस्

    एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ ।

    डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।

    बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरु डुबानमा पर्दै आएका हुन् । भारतले कटकुइयादेखि पश्चिमतर्फ विस्तार गरेको सडकजस्तो बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ । “बर्खा शुरु भएपछि त्रास मै बाँच्ने गरेका छौँ, जीउने मर्ने ठेगान छैन, नरैनापुर गाउँपालिका–१ महतनियाकी ७० वर्षीया साबिरा सिखानीले भनिन्, “पानी परेको दिन कोठामा पानी भरिन्छ ।” उनका अनुसार चारैतिरबाट जम्मा भएको पानी आँगनमा जम्मा हुन्छ । गाउँले घरबाट निस्कन पाउँदैनन् । छत हुनेहरु छतमा बसेर गुजारा चलाउँछन् । घरबाट निस्कनसमेत पाउँदैनन् ।

    नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका १०० बढी घर डुबानको जोखिममा रहेको बताए ।

    लक्ष्मणपुर बाँध र कलकलवाका कारण अहिलेसम्म त्यस क्षेत्रमा ४ हजार बिघा बढी खेतीयोग्य जमीन मरुभूमि भइसकेको लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष राजकुमार शुक्लाले बताए ।

    लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष शुक्लाले भने, “सरकार भारतसँग कुरा उठाउन सक्दैन । अन्तरराष्ट्रिय कूटनीतिक पहल भएको देखिएन ।” भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँध १४ ढोका छन् र भारतको मनौला पुर्वा गाउँदेखि लक्ष्मणपुर कलकलवा तटबन्धले गर्दा पूरै गाउँ डुबानमा पर्दै आएका छन् ।

    पछिल्लो वर्षदेखि दशगजामा विस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका दक्षिणी भेगका सबै मानिस डुबानको जोखिममा छन् । उनले भने, “यसबारे गुनासो गरिरहेका छौँ । सरोकारवालाहरु हाम्रो कुरा सुन्दैनन् ।” लामो समयपछि नेपालगञ्ज क्षेत्रमा पानी परेको छ । भारतले दशगजामा बनाएको बाँधले पानीको प्राकृतिक बहाव रोकिदिएर नेपालगञ्जसमेत डुबानमा पर्ने गरेको छ ।

    • #गाउँ डुबानमा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    समाचार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑