तिलोत्तमा, साउन २२।
लियो क्लब अफ मणिग्रामको आयोजनामा लियो एरिया ४को पहिलाे बैठक हिजाे साउन २१ गते मणिग्राम स्थित इ-गार्डेन रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
एरिया ४का एरिया चीफ लियो गोबिन्द बञ्जाडेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लियो काउन्सिल 325b2का डिस्ट्रिक अध्यक्ष लियो कुबेर कान्ति पाठकको प्रमुख आतिथ्यमा र लियो काउन्सिल 325b2 का डिस्ट्रिक उपाध्यक्ष अनिष लामिछाने र पूर्व डिस्ट्रिक उपाध्यक्ष सारदुल मयुर कसौधनको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले “लियो क्लबहरुले गर्दै आएको समाज परिवर्तनका अठोट कोशिश हरुलाई सदैब प्रोत्साहन र साथ उपलब्ध रही रहने प्रतिवद्धता जाहेर गर्नु भयो ।”
साथै कार्यक्रममा बोल्दै अध्यक्ष बन्जाडेले ” उपस्थिति हरुलाई धन्यबाद दिँदै, आउँदो दिन हरुमा समाज सेवा सँगै ब्यक्तित्व विकासमा पनि जोड दिने बताउनु भयो ।”
उक्त कार्यक्रममा लियो अन्तर्गतका अन्य क्लब हरुले हाल सम्म क्लबले गरेको प्रगती विवरणहरू हरु समेत प्रस्तूत गरेका थिए ।
कार्यक्रम सञ्चालन भने एरिया ४का एरिया को-चिफ फैज शाहले गर्नु भएको थियो ।