बुटवल, २१ साउन । रुपन्देहीमकाे भैरहवामा फेरि एकजना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् ।
पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ रिपोर्ट आएका सिद्धार्थनगर–८ का २८ वर्षका पुरुष सम्पर्कविहीन भएका हुन् ।
यसअघि पनि लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुटवल–६ ठेगाना लेखाएका ४६ र २७ वर्षका पुरुष पोजेटिभ रिपोर्ट आएलगत्तै सम्पर्क विहीन भएका थिए ।
उनीहरु हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।