• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ९, शुक्रबार
    होमपेज /  समाचार

    गलकोट नगरपालिकाले डिजिटल नगर प्रोफाईल सार्वजनिक गर्यो ।

  • थम्मन थापा
  • २०७७ श्रावण २०, मंगलबार (६ साल अघि)
  • ९६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    साउन २०,  बागलुङ ।  गलकोट नगरपालिकाले नगर वस्तुस्थिती विवरण तथा आवधिक विकास योजना सार्वजनिकिरण र कोरोना राहात कोषको खर्च सार्वजनिक गरेको छ ।

    नगर भित्रको वस्तु स्थितीलाई समेटिएको नगर प्रोफाइल सार्वजनिक गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले प्रोफाइल भित्र नगरपालिकाको वस्तु स्थिती समेटिएको बताउनुभयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    उहाँले हाम्रो नगरको चिनारीको रुपमा तयार पारिएको नगर प्रोफाइल समय सापेक्ष डिजिटल प्रविधिमा रहेको समेत उल्लेख गर्नुभयो । जसका कारण नगर डिजिटल प्रोफाईल विश्वको जुनसुकै ठाँउबाट अवलोकन गर्न सकिने नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले नगरको यथार्थ वस्तु स्थिती सहितको विवरण नगरपालिकाले तयार पारेको प्रोफाइल भित्र हेर्न सकिने भन्दै विवरण तयार पार्नमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    नगर प्रोफाईललाई अधावधीक गर्न चालु आर्थिक बर्षमा बजेटको समेत ब्यबस्था गरिएकोले नगर प्रोफाईलकै आधारमा विकासका योजना निर्माणमा सहयोग पुग्ने बिश्वास समेत ब्यक्त गर्नुभयो ।

    गत आर्थिक वर्षको सुरुवातमा नगर प्रोफाइल तयार गर्न रोर्वट्स आइटि कन्सेप्ट्स प्रा.लि ललितपुरसँग सम्झौता भएको थियो ।

    सोहि सम्झौता बमोजिम १६ लाख खर्च गरि नगरको डिजिटल प्रोफाइल तयार पारिएको नगर उपप्रमुख काउचाले बताउनु भयो ।

    कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारी, नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रतिनिधि कौशिला घर्ति मगर, नेपाली काँग्रेसका गलकोट नगर उपसभापति यज्ञप्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम, गलकोट नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यपक देवेन्द्र बहादुर खत्री, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, पत्रकार विर बहादुर चोखालले मन्तव्य राख्नुभएको थियो ।

    नगर प्रोफाइलको बारेमा गलकोट नगरपालिकाका आईटी ईन्जीनियर अर्जुन चालिसेले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७६/७७, ०७७/७८ र ०७८/७९ को तीन वर्ष आवधिक विकास योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

    आजै गलकोट नगरपालिकाले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषको आय व्यय समेत सार्वजनिक गरेको छ ।

    नगरपालिकामा सञ्चालित विपद् व्यवस्थापन कोषबाट अहिले सम्म विभिन्न संघ संस्था व्यक्तिबाट १ करोड १५ लाख ४५ हजार २ सय ९७ रुपैया कोषमा जम्मा भएको छ । त्यस्तै नगरपालिकाले विभिन्न योजनाको बजेटबाट शिर्षकान्तर गरि ८१ लाख जम्मा गरेको जानकारी गराइएको थियो ।

    कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न क्वारेन्टाइन निर्माण, प्रिआईसोलेशन निर्माण, स्वास्थ्य सामाग्री खरिद, सवारी साधनको परिचालन, कोरोना संक्रमितलाई आईसोलेशनमा राख्दा, क्वारैनटाईनमा रहेका ३ सय २५ जना नगरवासीको लागी खाद्यान्न ब्यवस्थापन, आरडिटि तथा पिसिआर परिक्षणको ब्यबस्थापन तथा कोरोना बारे सचेतनता सन्देश तथा प्रचारप्रसार एबं अलपत्र नागरीकलाई खाजा खानाको ब्यबस्थापन जस्ता शिर्षकमा‌ रु १ करोड ३ लाख १ हजार ६ सय ४० रुपैया असार मसान्त सम्म खर्च भएको र अब नगद रु १२ लाख ४३ हजार ६ सय ५७ कोषमा बाँकी रहेको जानकारी गराईएको थियो ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑