बुटवल, साउन २०
रूपन्देही स्थित देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंककाे एक शाखा कार्यालयका एक कर्मचारी लाई आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
केही दिनदेखि लगातार रुघाखोकी र ज्वरो आएपछि विदामा बसेका उनलाई आज लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर टेस्टमा पोजेटिभ देखिएपछि उपचारको लागि कोरोना बिशेष अस्पताल बुटवलमा राखिएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि बैंकका सबै कर्मचारीको पिसिआर टेष्ट गरिने भएकाे छ ।