सिड्नी:- अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवतीलाई आफ्नै श्रीमानले बारबार अत्याचार गरेको भेटिएको छ । सिड्नीको बरवुडमा बस्दै आएकी २६ वर्षीय युवतीमाथी उनकै श्रीमानले विगत १ वर्षदेखि अत्याचार गर्दै आएको युवतीकी दाईले जानकारी गराएका छन् ।
युवतीलाई नेपाल स्थाई ठेगाना बुटबल उपमहानगरपालिका , दिपनगर चमचमचोक घर भएका २७ बर्षीय सुरज अर्यालले दिनहु कुटपिट गर्ने, इच्छा विपरित जवर’जस्ती यौन सम्बन्ध राख्ने, धारिलो हतियार देखाएर तर्सा’उने र कमाएको पैसा पनि कब्जा गर्दै आएको युवतीले आफ्नी भाउजुलाई बताएकी छिन् । अत्याचारले सिमा नाघेपनि युवकले भिषा रद्द गरिदिने डर देखाएकाले युवती प्रहरीकोमा जान सकेकी थिईनन् । गत अप्रिलमा युवती सिड्नीको क्याम्पसीमा बस्दै आएका आफ्ना दाजु भाउजुकोमा गएर सबै कुरा भनेपछि यो घटना प्रह’रीसम्म पुगेको हो । दाजुभाउजुको सहयोगमा ती युवतीले होमबुस प्रहरीमा आफ्ना श्रीमान् विरुद्ध घरेलुहिं’साको उजुरी दिएकी छिन् । त्यहि उजुरीका आधारमा पक्राउ परेका ती युवकलाई प्रहरीले २२ वटा अभियोग लगाएको छ ।
आइटी पढाई सकेर टिआर भिषामा रहेका ती युवक तीन दिन प्रहरी हिरासतमा बसेर बाहिरिए पनि मुद्दा अदालतसम्म पुगिसकेको छ । बरवुड स्थानिय अदालतमा गत जुलाई २८ र ३० तारिखमा यो मुद्दाको सुनुवाई भएपनि अन्तिम टुंगो लाग्न बाकी छ । अर्को सुनुवाई आगामी जनवरी २९ तारिखमा रहेको युवतीको दाइले जानकारी दिनुभयो ।
यवुतीकी दाईले भन्नुभयो -‘बहिनीमाथी भएको अत्या’चारको लागि हामी न्यायको लडाईमा छौ । पीडिकमाथी कानुनी कारवाही होस् भन्ने आशामा छौ ।’ सिड्नीमा पढिरहेको युवक र ती युवतीबिच नेपालमा सन् २०१९ मा मागी बिबहा भएको थियो ।
नेपालमा फर्मा टेक्निसियन समेत रहेकी युवती बिहे गरेर भिजिटर भिषामा अष्ट्रेलियाका आएकी थिईन । सुरुमा केटापक्षले निकै धेरै दाईजो मागेपछि युवतीले बिवहा गर्न अस्विकार गरेकी थिईन् । तर, पछि दाईजो बिनै विवहा गर्न केटा राजी भएको युवतीकी दाईले बताउनुभयो । सिड्नी आएदेखि नै दाईजो र विभिन्न बाहाना बनाएर युवकले आफ्नी बहिनीमाथी अत्या’चार गर्न सुरु गरेको दाईले जानकारी दिनुभयो ।
अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिं’सा बढ्दो क्रममा छ । खासगरी विद्यार्थी भिषामा रहेका जोडीहरुमा यस्तो हिं’सा बढी छ । तर, भिषा रद्द हुने र समाजिक बेइज्जत हुने डरले पीडितहरु प्रहरीसम्म जान हिच्किचाउने गरेका छन् । घरेलु हिं’साको उजुरी गर्दा भिषा रद्द हुने डर पाल्न नहुने यसका जानकारहरु बताउछन् ।