• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    in
    आज: २०८३ भाद्र ३०, मंगलबार
    होमपेज /  मुख्य समाचार

    वीरगन्ज र राजविराजमा लकडाउनसँगै निषेधाज्ञा ,बाँकेमा आइतबारदेखि निषेधाज्ञा हुने घोषणा

  • बुटवल दैनिक
  • २०७७ श्रावण १६, शुक्रबार (६ साल अघि)
  • ७७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौँ :- देशव्यापी लकडाउन हटाइए पनि लुकीछिपी आउजाउ गर्नेबाट संक्रमण फैलिनाले सीमावर्ती सहरमा प्रशासनले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् । वीरगन्जमा गत शनिबारदेखि निषेधाज्ञा छ भने राजविराजमा लकडाउनसँगै निषेधाज्ञा लगाइएको एक साताभन्दा बढी भइसकेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    बाँकेमा आइतबारदेखि निषेधाज्ञा हुने घोषणा गरिएको छ । मोरङको सुनवर्षी–८ मा संक्रमितको मृत्यु भएपछि बिहीबारदेखि वडा सिल गरिएको छ । टाढा कतै आउजाउ नभएका व्यक्तिमा संक्रमण देखिएपछि वीरगन्जमा त्रास फैलिएको छ । त्रासले विगतमा जस्तो निषेधाज्ञा अवहेलना भएको छैन । यहाँ साउनमा मात्रै सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दीलगायत गरी २०३ संक्रमित थपिएका छन् ।

    पछिल्लो समय लक्षणसहितका संक्रमित भेटिने क्रम बढेको छ । अस्पताल भर्ना भएका र उपचारमा संलग्न चिकित्सकमा संक्रमण देखिएपछि नारायणी अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । बिरामीमा संक्रमण पुष्टि भएपछि एडभान्स मेडिकेयर, अली अर्थो एन्ड ट्रमा, वीरगन्ज हेल्थ केयर हस्पिटलका सेवा पटकपटक अवरोध भएका छन् ।

    सरकारले पैसा तिरेर पीसीआर परीक्षण गराउन सक्ने नियम ल्याएपछि पर्सामा संक्रमितको संख्या बढी देखिएको हो । वीरगन्ज महानगरपालिकाभित्र समूहगत परीक्षण भइरहेको छ । पर्साका प्रमुख राजनीतिक दलले जिल्लामा कोरोना संक्रमण फैलिँदै गएकामा चिन्ता व्यक्त गर्दै बिहीबार संघीय सरकारसँग विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली माग गरेका छन् । नेकपा, कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजका अगुवाहरूले बैठक गरेर संक्रमण रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण व्यवस्थापन गरिदिन संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको हो ।

    ठाकुरराम बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक वीरेन्द्रप्रसाद साहले सरकारी पक्षको अकर्मण्यताका कारण जनता फेरि निषेधाज्ञामा बस्नुपरेको बताए । ‘करिब ४ महिनापछि जनजीवन सहज बन्दै गएको थियो,’ उनले भने, ‘तर स्थानीय प्रशासन र सरकारको कमजोरीले कोरोना फैलियो ।’ स्वास्थ्य सतर्कता अपनाएर जनजीवन सहज बनाउन स्थानीय सरकारले जोड दिनुपर्ने उनको बुझाइ छ । ‘अलिकति सहज भयो कि प्रशासन सुत्ने र नागरिक पनि सचेत नहुने गरेको देखिन्छ,’ उनले भने । साहले सीमाबाट आउनेजाने क्रम नरोकिएको बताए ।

    असार अन्त्यसँगै पर्सा कोरोना मुक्त हुनेमा सरकारी अधिकारीहरू विश्वस्त थिए । गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना मात्र संक्रमित भर्ना थिए । जिल्लाका क्वारेन्टाइन खाली हुने क्रममा थियो । तर पछिल्ला १५ दिनमा संक्रमित ह्वात्तै बढेका छन् । कोरोना अस्पतालमा बेड अभाव भएपछि संक्रमितलाई ‘होम आइसोलेसन’ (घरमै) राख्न थालिएको छ । महानगरपालिकामा स्थानीय बासिन्दालाई सतर्क रहनू भनी होम आइसोलेसनमा बसेका संक्रमितको घरमा बुधबारदेखि सूचना टाँस्न थालेका छन् । ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौं’ लेखिएको सूचना स्वास्थ्यकर्मीले टाँसेका हुन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    समाचार

    सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

    तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

    वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑