
फर्साटिकर रुपन्देही
साउन १०
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका निजी विद्यालयका शिक्षक कर्मचारी तलव दिनुपर्ने माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा तलब–सुविधा नपाएको भन्दै शुद्धोधनका निजी विद्यालयका शिक्षक कर्मचारी हरु आन्दोलित भएका हुन ।
शुक्रबार निजी अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा) र निजि तथा संस्थागत शिक्षक तथा कर्मचारी युनियन(प्याब्सु)ले संयुक्त रुपमा निजि विद्यालयका कर्मचारीहरुको तलबको निकासा र निजी विद्यालयका शिक्षक कर्मचारीहरुको शुरक्षा लगायतका माग राख्दै समन्वयकारी भुमिका निर्वाह गर्नका लागि शुद्धोधन गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन।निजी अङ्ग्रेजी विद्यालय शिक्षक संगठन (पेष्टा)का रुपन्देही अध्यक्ष इन्द्र क्षेत्री र निजि तथा संस्थागत शिक्षक तथा कर्मचारी युनियन(प्याब्सु)शुद्धोधन संयोजक विष्णु पाण्डेले विभिन्न माग सहितको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीलाई हस्तान्तरण गर्नुभएको थियोे ।ज्ञापनपत्र बुझ्दै शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले निजी विद्यालयका शिक्षक, कर्मचारीलाइ आन्दोलित नहुन आग्रह गर्दै एकहप्ता भित्र मागहरु सम्बोधन हुने बताउनुभयो ।
यस्तै गाउँपालिका प्रवक्ता एंव शिक्षा समिति संयोजक राजेन्द्र कडेलले निजी विद्यालयका शिक्षकहरुको समस्याको बारेमा जानकार रहेको बताउदै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनिले आन्दोलनमा ऐक्यबद्धता जनाउदै समस्या समाधानका लागि सहजीकरण गर्ने बताउनुभयो।
प्याब्सु प्रदेश ५ अध्यक्ष लेखानाथ पौडेल ,रुपन्देही जिल्ला अध्यक्ष विष्णु गौतम ,पेष्टा रुपन्देहीका वरिष्ठ सल्लाहकार कमल श्रीस,निजी विद्यालयका शिक्षक कर्मचारीको बाक्लो उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन पेष्टाका रुपन्देही सचीव प्रकाश रेग्मीले गर्नुभएको थियो।


