• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      १ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    भदौ १ गते देखि निरन्तर उडान हुने ,हेरौ यस्तो छ भाडादर तथा एयरलाईन्सको गुनासो

  • बुटवल दैनिक
  • २०७७ श्रावण १०, शनिबार (३ साल अघि)
  • ४७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    काठमाडौं ।
    कोभिड–१९ सङ्क्रम नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गते अर्थात् १२० दिनपछि बन्दाबन्दी अन्त्य भएको घोषणा गर्यो ।

    फेसबुकमा पछ्याउनुहोस्

    उक्त अवधिसम्म मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै उडान सेवामा व्यावसायिक बाहेकका चार्टर्ड र कार्गो उडान भए । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको धमाधम तयारी गरिरहेका छन् ।

    कोभिडपछिको सुरक्षित हवाईयात्राका लागि सुरक्षा प्रोटोकल पालना गर्दै ती एयरलाइन्सले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग तथा जोखिमरहित यात्राका लागि अभ्यास उडानसमेत गरिसकेका छन् । देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्धएयरले दुई महिनादेखि सुरक्षित उडानको आवश्यक सबै किसिमको तयारी गरिसकेको छ भने यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।

    सुरक्षित उडानको तयारीसँगै ठूला एयरलाइन्सले धमाधम बुकिङ खुलाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि कुन एयरलाइन्सले कति उडान तथा कुन–कुन गन्तव्यमा उडान गर्ने भन्नेर छिट्टै औपचारिक निर्णय गर्दैछ ।

    दैनिक ७० उडान

    कोभिडको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा एकतिहाई मात्र उडान हुनेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय करिब झण्डै ५०० उडान हुने अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० उडान हुने विमानस्थले जनाएको छ । बन्दाबन्दीमा पनि दैनिक १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको थियो । आन्तरिकतर्फ पनि बढीमा १६ उडान भएको विमानस्थलमा भदौ १ गतेपछि दैनिक दुवैतर्फ गरी ७० हाराहारी उडान हुने जनाइएको छ ।

    कुन एयरलाइन्सका कति उडान ?

    कोभिड सङ्क्रमणको जोखिम कायमै भएकाले अन्तर्राष्ट्रिय विमानस्थलमामा अहिलेलाई एकतिहाइ क्षमतामा मात्रै उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीकाअनुसार दैनिक औसत १५ सम्म अन्तर्राष्ट्रिय र बढीमा ५० आन्तरिक उडान हुने गरी सरोकारवालासँग छलफल चलिरहेको छ । प्राधिकरण र वायुसेवा सञ्चालकको छलफलले कुन गन्तव्यमा कति उडान गर्नेबारे निर्णय हुनेछ ।

    प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आन्तरिक उडानको तालिका मोटामोटी टुङ्गिए पनि विदेशी एयरलाइन्सको कति सङ्ख्यामा उडान हुने भन्ने निर्णय भइनसेकेको बताए । उनका अनुसार वायुसेवा सञ्चालक र प्राधिकरणबीच बिहीबार भएको सहमतिमा बुद्धएयरलाई १७, यती एयरलाइन्सलाई ११ र श्री एयरलाइन्सलाई आठ उडान गर्न अनुमति दिइएको छ ।

    सौर्य, सीता, सिम्रिक र समिट एयरको कति उडान भन्ने टुङ्गो लागेको छैन । विमानस्थलमा एक घण्टामा ३५० यात्रुलाई मात्र उडान गर्ने सहमति भएको छ । थोरै जहाज भएका र दुर्गम क्षेत्रमा उडान गर्दै आएका एयरलाइन्सले कति उडान गर्ने भन्ने विषयमा भने सहमति भइसकेको छैन ।

    यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।

    एयरलाइन्सको गुनासो

    दैनिक १०० हाराहारी उडान गर्ने बुद्धएयर र दैतिक औसत ७० उडान गर्ने यति एयरलाइन्सले आफ्नो क्षमताअनुरुप उडान सङ्ख्या कम भएको गुनासो गरेको छ । श्री एयरलाइन्सले भने अहिलेको अवस्थामा निर्धारित उडान सङ्ख्यालाई सामान्य ठानेको छ ।

    बुद्धएयरले आफ्नो जहाज सङ्ख्याअनुरुप उडान सङ्ख्या कम भएको र अहिलेको अवस्थामा धनगढी र सुर्खेत गन्तव्यमा उडान गर्न नसकिने जनाएको छ । बुद्धएयरले सामान्य अवस्थामा दैनिक छ हजारसम्म यात्रु व्यवस्थापन गरेको थियो । कम्पनीले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ ।

    यतिले हाल पाँच एटिआर र पाँच जेटस्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ । कम्पनीले सामान्य अवस्थामा दैनिक ७० उडान गथ्र्यो । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले सङ्क्रमणसँग जुधेर सुरक्षित र व्यवस्थित उडान गर्नुपर्ने भएकाले अहिलेको उडान सङ्ख्या काफी भएको बताउनुभयो । श्रीएयरले सामान्य अवस्थामा दैनिक २० वटासम्म उडान गर्ने गरेको थियो ।

    यस्तो छ भाडादर

    झण्डै पाँच महिनापछि हुनलागेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्यअनुरुप भाडादर निर्धारण गरेका छन् । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेसँगै एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका छन् । बुद्धएयरका अनुसार भदौ १ गतेदेखि शुरु हुने आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री शुरु भइसकेको छ । यती र श्रीएयरले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरेका छन् ।

    बुद्धएयरले काठमाडौँबाट भद्रपुर जानका लागि रु आठ हजार ६३८ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि रु पाँच हजार ६५९, भरतपुरका लागि रु तीन हजार ३४२, विराटनगरका लागि रु छ हजार ७१७, धनगढीका लागि रु १० हजार ९६६ भाडा कायम गरेको छ ।

    त्यसैगरी जनकपुरका लागि रु तीन हजार ८७१, नेपालगञ्जका लागि रु नौ हजार ३१२, पोखराका लागि रु चार हजार ६३०, सिमराका लागि रु दुई हजार ८५२, सुर्खेतका लागि रु १० हजार २९२ भाडा कायम गरेको छ । कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाईसेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिसकेका छन् ।

    विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।रासस

    • #एयरलाईन्सको गुनासो
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑