• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  मुख्य समाचार

    मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा भासियो, गलकोट नगरपालिकाको टोली द्वारा स्थलगत अवलोकन ।

  • थम्मन थापा
  • २०७७ श्रावण ९, शुक्रबार (६ साल अघि)
  • १०२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बागलुङ साउन ९
    निरन्तर परेको वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भइरहेको छ । ठाउँ ठाउँमा सडक र पुलमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्गको गलकोट खण्डमा पनि ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । लगातारको वर्षाले लोकमार्गको दुदिलाभाटी खण्डमा सडक भासिने र पहिरो खस्ने क्रम बढेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    लोकमार्गको आज गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन पछि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मध्यपहाडी लोकमार्गको दुदिलाभाटी भुङखानीमा झण्डै ४० मिटर, काफलठुटामा झण्डै १० मिटर, जम्दारे घुम्तीमा झण्डै २० मिटर र चौराहमा झण्डै १० मिटर सडक भासिएको जानकारी दिनुभयो ।

    निरन्तर परेको वर्षा सँगै सडक मुनि बाट पहिरो खसेपछि सडक भासिएको हो सडक भासिदा सडक मुनिको बस्ती समेत जोखिममा परेको गैरेको भनाई छ । सडक चिरा चिरा परे पछि नरेठाटी बजेनीका ९ घर पहिरोको उच्च जोखिममा रहेका छन् । सडक सुचारु गर्न नगरपालिकाले आवश्यक पहलकदमी थालेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो । त्यसको लागि जिल्ला प्रशासन कार्यालय बागलुङ र सडक विभागको कार्यालयमा समन्वय भइरहेको नगर उपप्रमुख काउचाले बताउनु भयो ।

    सडक पूर्ण रुपमा बन्द हुन नदिन गलकोट नगरपालिकाले तत्काल आवश्यक काम सञ्चालन गर्ने नगर उपप्रमुख काउचाको भनाई छ । नगर उपप्रमुख काउचाले भन्नु भयो हामीले सडक र बस्ती दुवैलाई थप क्षति हुन नदिन आवश्यक सावधानी र सुरक्षा सतर्कता अपनाउन हरदम प्रयास गर्ने छौं । भासिएको सडकमा जुनसुकै बेला पहिरो जान सक्ने जोखिम समेत उत्तिकै बढेको छ । अहिले लोकमार्गमा जोखिम मोलेर बागलुङ सदरमुकाम, पोखरा, काठमाडौं, चितवन लगायतका स्थानमा सवारीसाधनहरुले यात्रा गरिरहेका छन् ।

    पानी पर्ने क्रम नरोकिएकोले पहिरो जाने र सडक अवरुद्ध हुने सम्भावना पनि बढेको गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताउनुभयो । अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा नगर्न यात्रु तथा गाडीहरुलाई अनुरोध समेत गरेको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले जानकारी दिनुभयो । सडकको स्थलगत अवलोकनको निम्ति जनप्रतिनिधि, पत्रकार, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑