फर्साटिकर रुपन्देही
साउन ७
नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालिकाले शुद्धोधन गाउँपालिका वडा न.५ दरवाहमा रहेको अन्त्यष्टि स्थल र छठ पुजा गर्ने स्थल दुवै गाउपालिकाले हटायर ग्रिन पार्क निर्माण कार्य गरिरहेको प्रती आपत्ति जनाउदै गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ।
जनसमुदायमा कुनै छलफल नगरी पटक पटक स्थानीय जनताहरु जाने पत्र बुझाउने पालिका घेराउ गर्दा समेत माग सुनुवाई नभएपछि स्थानीयहरुले काङ्ग्रेससँग सहयोग मागेकाले सोही माग अनुरुप जनचाहना पुर्तिका लागि ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीलाई बुझाएको काङ्ग्रेसले बताएको छ।
मसानघाट हटाएर जनताको धार्मिक आस्था र बिश्वासमा पुठाराघात गरेको भन्दै काङ्ग्रेसले गम्भीर ध्यानाकर्षण गराएको हो।
मानपकडी चोकबाट सुरु भएको बिरोधर्यालि गाउँपालिका कार्यालय अगाडि पुगि कोण सभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै काङ्ग्रेस महासमिति सदस्य भगवतीप्रसाद चौधरीले अहिले गाउँपालिका निर्वाचित नेकपाका नेताले चुनावमा झुटा अास्वासन दिएर जनता झुक्याउने काम गरेको र अहिले आएर झुट स्पष्ट देखिएको बताउनुभयो ।उहाले जनभावना बिपरित दरवाह क्षेत्रमा ग्रीनपार्क निर्माण गर्ने कार्यलाइ रोक्नु पर्ने बताउनुभयो ।
पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ का सह-सभापति प्रेम बहादुर फाैदार, महाधिवेशन प्रतिनिधि भरथरि यादव,प्रदेश ५ सांसद तथा पार्टी नेतृ पुष्पा थारु ,नेताहरु किर्पा चाैधरी ,विपिन कुर्मिले बोलेका थिए ।
नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालिका सभापति सेर बहादुर काफ्लेको अध्यक्षता, पार्टी महासमिति सदस्य भगवती प्रसाद चाैधरी प्रमुख आतिथ्यता,पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ का सह-सभापति प्रेम बहादुर फाैदारको विशिष्ट आतिथ्यता रहेको थियो भने पार्टीका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन पार्टी गाउँपालिका सचीव एंव प्रवक्ता धनराज कडेलले गर्नुभएको थियो।