काठमाडौं:- कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी रहेको छ । सरकारले भदौ १ गते देखि परीक्षा सञ्चालनको अनुमती दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको हो ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ।